काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।
सोमबार राति दुबईका लागि उडेको फ्लाइटराडारका अनुसार फ्लाई दुबईको एफजेड ५७६ जहाज स्थानीय समय १२:१० मा अवतरण भएको हो । उक्त जहाजमा काठमाडौंबाट उड्नेबित्तिकै समस्या आएको थियो ।
नेपाली समयअनुसार ९ बजेर २० मिनेटमा उडेको जहाजमा आगोको झिल्का देखिएर पड्केको आवाज आएको थियो । फ्लाई दुबईले जहाजमा चरा ठोक्किएका कारण आगोको झिल्का देखिएको र ठूलो आवाज आएको बताएको दुबई मिडिया अफिसले जनाएको छ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2025: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd