पछिल्लो समयमा विभिन्न कालखण्डमा जातीय तथा बर्ग उन्मुक्तिलाई आधार बनाई नेपालमा विभिन्न बर्ग संघर्ष भएका छन् । आत्मनिर्भरता तथा समतामूलक समाज निर्माणको निम्ति गरिएका संघर्षहरु प्रती पुनः प्रस्नबाचक चिन्ह खडा भएको छ । वर्गसंघर्षको आधार बनाईयको दलित भन्ने सब्दलै नै विविन्न तरिकाले उपयोग गरेको पाहिन्छ ।

मुख्यत प्राचिनकालमा राज्य संचालनको निम्ति सुसंगठित ब्यबस्थाको लागि राजा जयस्थिति मल्ल ( १३६०-१३६५ ) शिपको पहिचान अनुरुपको कार्य विभाजन गर्ने हेतु ले कामदारहरुको बर्गिकरण गरेको पाहिन्छ। सोहि अनरुप क्रमस प्रताब मल्लले

  • खुकुरी बनाउने सिप भएका लाई लोहार

  • छालाको काम गर्ने लाई सार्की

  • सुनको काम गर्ने सिप भएका लाई  सुनार

  • नाचगान गर्ने लाई बादी

भनेर बर्गिकरण गरेका थियो । यस्तो काम अनुसारको बर्गिकरणलाई पछि बाठा भानियाका शोसक सामन्ती हरु ले आफ्नो फाइदा को निम्ति उपयोग गरेको बुजिन्छ यस्तो प्रथालाई समय संगै कुरीतिको रुपमा जात भनेर परिभाषित गरियो । एस्लाई आधार बनाउने हो भने सिप कला कौसल जानेकै आधरमा कुनै व्यक्ति विशेसलाइ कामि, दमाई, सार्की, क्षेत्रि, ब्राहमण भनेर छुट्याउनुपर्ने कुनै  बैज्ञानिक अनि सामाजिक कारण नभएको स्पस्ट हुन्छ।

दलितको अर्थ हो “दलन” गरियको अर्थात् ति मानिसहरु जो आर्थिक अनि सामाजिक रुपले पिछडिएका र जसको आर्थिक, सामाजिक ,राजनीतिक अनि धार्मिक रुपले पछाडी पारीयाका भने बुजिन्छ । यसको अर्थ ब्राहमण क्षेत्रि भनिएका पनि आर्थिक सामाजिक राजनीतिक अनि धार्मिक रुपले पछाडी पारियका पनि हुन सक्छन । यसको अर्थ कोहि जन्मका आधारमै ब्राह्मण क्षेत्रि हुदैमा सुसम्पन तथा अबल हुन्छन भने हुदैन । मानौ कुनै दलित भनियको घरमा ब्राहमण अथवा क्षेत्रि काम गर्न बस्छ भने उसलाई कुन जात मान्ने ?

जब सम्म दलित अनि जनजाती भनियकै आधारमा यो वा त्यो सिर्सक मा आरक्षण  छुट्याउनु पर्ने स्थिति बन्छ तब सम्म जात कै नाम मा विभेद अनि समाजबाद उन्मुख समाज परिकल्पना मै सिमित रहनेछ । जन्मकै आधारमा नभई वर्ग अनि लिङ्ग का आधारमा आरक्षण बेबस्था गरिनु पर्छ । एसका निम्ति आधारभूत् वितरण प्रणाली निर्माण गर्न सक्नु आजको मुख्य बिषय हुनुपर्छ ।

येति भन्दै गर्दा ब्राह्मणको अथवा कुनै सम्प्प्र बेद, गीता, रामायण, महाभारत आदि गर्न्थको अथवा ब्राहमण जातिको बिरोध पनि होइन ।  ब्राहमणबादको बिरोध भनेको रुडिबादी अबैज्ञानिक कर्मकाण्ड अन्धबिस्वासको बिरोध हो । ब्राहमणबादको बिरोध हिन्दु धर्मको बिरोध गर्नु पनि होइन । नेपालमा जनजाती तथा दलित आन्दोलनको मुख्य उदेश्य भनेको समतापूर्ण समाज निर्माण गर्नु हो । त्यो भन्दा पहिले मान्छेद्वारा सिर्जित अत्याचार अन्धबिस्वास अपमान हतोउन पर्ने र चेतनास्तरलाई अभिबृधि गर्नका निम्ति  विभिन्न तरिका अबलम्वन गर्नु पर्ने हुन्छ ।

जनयुद्दको परिणाम स्वोरुप २०७२ असोज ३ गते संबिधान घोषणा  संगै यस किसिमको सबै बिवेधको अन्त्यको घोषणा  गरियो तर जनचाहना अनुसारको बिवेध अन्त्य भने भयन । यो विसयमा फेरी अर्को आन्दोलन को आवोशेक हो अथवा सरकारले कठोर कदम चाल्न पर्ने हो गम्भिरतापुर्बक  सोच्ने बेला आएको देखिन्छ । हामि २१औ शताब्दीको समाज मा भैरहदा पनि यो किसिमको मानसिकता रहनु अत्यन्तै दु:खद अनि लजास्पद कुरा हो । जुनसुकै समुदायको मान्छे भय पनि हामि नेपाली हौ । मानौ हामि कसैलाई जोरो आयो भने खाने भनेको सिटामोल नै हो येदि जात हुदो होत सबैलाई फरक फरक औसधि को आवोसेक पर्थ्यो होला । अर्थात् सबैको रगत एकै हो अनि हामी एकै किसिमको जैविक प्रजाति हौ ।

यसै गरि हाम्रो जातपातमा आधारित र विभाजित धर्म संस्कार छ । येसले एउटा जातमामा जन्मियपछि अर्को पेसामा जान नपाउने गरि अन्धबिस्वास सिर्जना गरेको छ ।  ब्राहमण चिन्तन मनन अनि पुरेत्याई गर्ने, क्षेत्रिहरु लड्ने भिड्ने साहसी काम गर्ने, बैस्य व्यापार गर्ने र सुद्रहरुले अपहेलित भएर बस्नपर्ने एस्तो किसिमको सोच सयौ वर्ष देखि मनोबाद चिन्तन छ । यो मनोबाद अनि जातपातको प्रणाली हाम्रो निम्ति अत्यन्तै ठुलो बाधक । यस्तो विभेद अन्त्यको लागि बर्गीय आधारमा पुर्बाधारको विकास, गरिबी उन्मुलन, रोजगार सिर्जना, उचित वितरण प्रणाली दात्रि सहयोग ,अनि प्रभाबकारी अनुगमन तथा बेबस्थापन आधारभूत बिषय हुन्।  यसैगरी स्वास्थ्य ,शिक्षा ,गरिबी निर्मुलिकरण ,भ्रस्टाचार नियन्त्रण ,सबै प्रकारका बिवेध बाट मुक्ति, सिप बिकाश, रोजगार, सामाजिक सुरक्षा  जस्ता महत्त्वपूर्ण  कुरामा योजना बनाई कार्यनयोनका लागि राष्ट्रब्यापी जनपरिचालन महत्त्वपूर्ण  हुन्छ ।

जबसम्म कोहि दलित जनजाति अथवा अन्य कुनै समुदाय भएकै निहुमा समाजबाट तिरस्कृत एबम अपहेलित हुनुपर्ने बाताबरण सिर्जना हुन्छ तबसम्म समाजबादमा पुग्नु कठिन मात्र होइन असम्भव देखिन्छ । माथि उलेखित कुराहरु निर्मुलिकरण भयसंगै हामि बैज्ञानिक समाजबादको बाटोमा अगाडी बढ्ने छौ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय