रुघाखोकी सामान्यतया चिसो मौसममा धेरैलाई लाग्छ। मौसम परिवर्तनको बेला मौसमी फ्लुकै रुपमा रुघाखोकी देखापर्छ ।

अहिले फैलिरहेको कोरोना भाइरसका पनि रुघाखोकीकै जस्ता लक्षणले गर्दा मासिहरु समान्य रुघाखोकी लागेपनि कोरोना लागिहाल्यो की भनेर सोच्छन् ।

जनस्वास्थ्यविद डा.रविन्द्र पाण्डे सामान्य रुघाखोकी र कोरोनाका लक्षणबारे यस्तो सुझाव दिन्छन् ।

मौसमी रुघाखोकीका लक्षण

नाकबाट पानी आउने , नाक बन्द हुने, हाच्छिउँ आउने, शरीर दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, सामान्य उपचार तथा आरामले फाइदा गर्ने , छोटो समयमा निको हुने, अस्पताल भर्ना हुनुपर्ने अवस्था प्रायः नआउने ।

कोरोना संक्रमणका लक्षण

-उच्च ज्वरो आउने, सुक्खा खोकी लाग्ने, एकदम थकाइ लाग्ने, सास फेर्न गाह्रो हुने, स्वाद वा र गन्ध थाहा नहुने, घाँटी खसखस गर्ने र बोली परिवर्तन हुने, खाना नरुच्ने

-निको हुन १० दिन लाग्न सक्ने, अक्सिजन र आईसीयूको उपचार आवश्यक पर्न सक्ने ।

यी दुवै रोग एक व्यक्तिबाट अर्कोमा सर्ने भएको हुँदा छुट्टै कोठामा बस्ने, आफूले प्रयोग गरेका सामान अरूलाई प्रयोग गर्न नदिने, तापक्रम, अक्सिजन हेरिरहने, आवश्यक परे पीसीआर टेस्ट गर्ने, चिकित्सकको सल्लाहबमोजिम उपचार गर्ने ।

कसरी थाहा पाउने ?

विश्व स्वास्थ्य संगठनका अनुसार रुघा, मर्की र कोरानाका केही लक्षण समान छन् भने केही फरक छन् ।

रुघाखोकीका कतिपय लक्षण कोरोना भाइरससँग मिल्दैनन्। जस्तै हाँच्छिउँ आइरहन्छ, नाकबाट सिगान बगिरहन्छ वा नाक बन्द भएको छ भने त्यो कोरोना भाइरसको लक्षण होइन। यी लक्षण कोरोना भाइरस लागेका बिरामीमा देखिदैनन् ।

त्यस्तै कोरोना भाइरस हुँदा टाउको दुख्ने वा वाकवाकी हुँदैन ।

त्यसो भए कोरोना भएको लक्षण के हो त भन्ने प्रश्न आउन सक्छ ।

यदि तपाईलाई नाक बन्द हुने, टाउको दुख्ने समस्या छैन तर सुख्खा खोकी लागिरहन्छ भने सचेत हुनुपर्दछ ।

सुख्खा खोकीसँगै तपाईको स्वास छोटो र छिटोछिटो भएको छ, स्वास फेर्न गाह्रो भएको छ र ज्वरो आएको छ, जिउ दुख्ने र थकानको महसुस पनि भयो भने भने तपाई तुरुन्तै डाक्टरकोमा जानु पर्दछ। किनकि यी कोरोना भाइरसका लक्षण हुन् ।

तर मर्की वा फ्लू हुँदा पनि थकान लाग्ने र जीउ दुख्ने हुन्छ। यी मात्र लक्षण देखिएको खण्डमा सचेत हुन जरुरी छ तर आत्तिहाल्नु पर्ने हुँदैन। मर्की वा फ्लू हुँदा ज्वरो आएपनि स्वास फेर्न गारो हुने र छोटोछोटो स्वास हुने चाँहि नहुने चिकित्सकहरु बताउँछन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय