डोटी । डोटीमा वडाध्यक्षका छोराको चक्कु प्रहारबाट एक जना युवक घाइते भएकाछन् ।

शिखर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष नर बहादुर बलायरका २४ वर्षीय छोरा हर्क बलायरले २१ वर्षीय हर्क बलायरलाई चक्कु प्रहार गरेका हुन् ।

दशैं मेलाका क्रममा सोमबार चक्कु प्रहार गरी गम्भिर घाइते बनाएको घाइते हर्क बलायरका दाजु कैलाश बलायरले बताए ।

चक्कु प्रहार गर्ने वडाध्यक्षका छोरा हर्क बलायरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । वडाध्यक्ष बलायर तत्कालिन नेकपा माओबादीबाट निर्वाचित जनप्रतिनिधि हुन् । घाइतेको धनगढी स्थित निसर्ग हस्पिटलमा उपचार भैरहेको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय