
काठमाडौँ । एसिया कप २०२३ अन्तर्गत वर्षाले प्रभावित खेलमा नेपालमाथि भारतले सानदार जित हात पारेको छ ।
सोमबर राति सकिएको खेलमा नेपालले १० विकेटको हार बेहोरेको छ।
डिएलएस मेथडअनुसार भारतलाई २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य दिइएको थियो । जुन लक्ष्य भारतले २०.१ ओभरमा विना विकेटको क्षतिमा पार गर्यो । भारतको जितमा रोहित शर्मा र शुभमन गिलले अर्धशतक प्रहार गरे। रोहितले नटआउट ७४ रन र गिलले नटआउट ६७ रन जोडे । त्यसअघि टस जितेको भारतले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २३० रनमा अलआउट भयो ।
नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट भए । उनी ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए । उनी एसिया कपमा तथा भारतविरूद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बने ।
अर्का ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भए। शार्दूल ठाकुरको बलमा दशौं ओभरको पाँचौ बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्का हिर्काए। उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए।
भुर्तेलविरूद्ध पहिलो ओभरमा श्रेयस अय्यरले र चौथो ओभरमा इशान किसनले क्याच छाडेका थिए। यस्तै आसिफको क्याच दोस्रो ओभरमा विराट कोहलीले छाडेका थिए ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2023: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd