काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार नाकामा कडाइ गर्न निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयमा सोमबार आयोजित बैठकमा मन्त्रीद्वयले नाकामा कडाइ गर्न सुरक्षा निकाय र भन्सार प्रशासनका कर्मचारीलाई निर्देशन दिएका हुन् । भन्सार छलीका घटना बढेको भन्दै उद्योगी व्यवसायीले उजुरी गरेपछि अर्थमन्त्री महतले केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएका थिए ।

यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूले अवैध गतिविधि रोक्न सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बैठकमा अर्थ सचीव तोयम राय, राजस्व सचीव रामप्रसाद घिमिरे र गृह सचिव विनोद सिहंले सीमा नाकामा कडाइ गर्न अर्थ र गृह प्रशासनको समन्वय बढाउने प्रतिबद्धता व्यक्त गरे ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय