वि.सं. २०७९ चैत्र १६ गते बिहीवार तदनुसार ई. सं. २०२३ मार्च ३० तारिख,

सूर्योदय : बिहान ०५:५२ बजे र सूर्यास्त : साँझ ०६:११ बजे, चन्द्रोदय : दिउँसो १२:४९ बजे र चन्द्रास्त : मध्यरात्रीपछि १२:३३ बजे, काठमाण्डौ,

आज : वासन्ती नवरात्रअन्तर्गत नवम दिवस (श्री सिद्धिदात्री भगवतीको पूजादि), श्री राम नवमी व्रत, श्री राम जयन्ती, श्री राम यात्रा, वासन्ती नवरात्रको समापन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

अरुका समस्यामा दौडधूप गर्नुपर्ने समय छ, यसरी सहयोग गर्ने हुँदा अध्ययनमा बाधा पुग्नसक्छ, तर पनि सन्तुष्टि प्राप्त हुने दिन हो । दाजुभाइ, दिदीबहिनी वा छरछिमेकीको सहयोग गर्ने हुँदा केही समय बित्नसक्छ । आज व्यक्तिगत पहिचान र प्रतिष्ठा एवं व्यवसायिक स्तरोन्नतिका लागि चालेको हरेक कदमले सफलताको शिखर चुम्नसक्ने दिन हो ।

आजका लागि शुभ- शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम उपयाेगि मानिन्छ । यात्रा गर्दा ॐ बक्रतुण्डाय हुम् यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

 सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ । उधारो वा ऋणसापटीमा रकम लगानी गर्नबाट जोगिनुपर्ने समय हो, तर पनि सँगीसाथीसँग समन्वय गरी अघि बढेमा लाभ पाउन सक्नुहुन्छ ।

आजका लागि शुभ- शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण उपयाेगि मानिन्छ । यात्रा गर्दा ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

तपाईंको हठ र जिद गर्ने बानी छ भने समस्या निम्तिनसक्ने समय हो । प्रयास गर्दा उपलब्धि पाउने दिन हो, उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ, तर स्कूले विद्यार्थीमा उच्छृङ्खलता बढ्न सक्छ ।

आजका लागि शुभ- शुभअङ्क १, शुभ रङ हरियो र शुभ दिशा पूर्व उपयाेगि मानिन्छ । यात्रा गर्दा ॐ ऐं श्रीं श्रीं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला, नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ । जिम्मेबारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति छ, त्यसैले रामरौस र रोमान्टिक जीवनमा बाधा पुग्नेछ, सकेसम्म आपसी भेटघाट र भलाकुसारीलाई निरन्तरता दिनुहोला ।

आजका लागि शुभ- शुभअङ्क ३, शुभ रङ छिरबिरे/रङ्गीबिरङ्गी र शुभ दिशा उत्तर उपयाेगि मानिन्छ । यात्रा गर्दा ॐ कें केतवे नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

सरकारी काम, ठेकापट्टा आदिमा अड्किएको काम फुकाउन सकिने समय हो, प्रयास गरेमा अन्य काममा समेत लाभ पाउने समय हो । सबै कार्य सही ढंगले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ । तर पनि आज कुनै विशेष कार्यमा सफलता मिल्ने दिन हो ।

आजका लागि शुभ- शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा पश्चिम उपयाेगि मानि्छ । यात्रा गर्दा ॐ देवपुजिताय गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

दाम्पत्य जीवन सुखमय नै रहनेछ, तर थप जिम्मेबारी र दायित्व बढ्ने समय छ, घरपरिवारभित्रकै वा आफन्तको काममा अलि बढी खट्नुपर्ने दिन हो । परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ भने कडा परिश्रमपछि मात्र सफलता पाइने समय भएकाले अध्ययनमा लागी पर्नु उचित हुन्छ ।

आजका लागि शुभ- शुभअङ्क १, शुभ रङ सेतो/सेतो र शुभ दिशा दक्षिण उपयाेगि मानिन्छ । यात्रा गर्दा ॐ कर्माधिष्ठातृदेवेभ्यो नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ । लक्ष्य र योजनाप्रति विश्वास र उत्साह जाग्ने दिन हो, प्रतिष्ठित वा लोकप्रिय व्यक्तित्वसँग भेटघाट हुने वा उनको जीवनबाट प्रेरित भएर काम गर्ने समय छ ।

आजका लागि शुभ- शुभअङ्क ९, शुभ रङ हरियो र शुभ दिशा पूर्व उपयाेगि मानिन्छ । यात्रा गर्दा ॐ रोहिणीपुत्राय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

बारम्बार नकारात्मक धारणामात्र आइरहने छ, कसैको असम्भव आशामा वा बहकाउमा नफँस्नु होला, तपाईंको भावनाको कदर हुनेछैन । शरीरमा थकान र उत्साहमा कमी आउने समय छ, तथापि आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुपर्छ, किनभने आज आफ्ना लागिमात्र होइन, आफन्तका निमित्तसमेत तपाईंको दृढता र हौसला आवश्यक देखिन्छ ।

आजका लागि शुभ- शुभअङ्क ८, शुभ रङ सेतो/पहेंलो र शुभ दिशा उत्तर उपयाेगि मानिन्छ । यात्रा गर्दा ॐ सर्वमृत्युनिवारकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

मन उत्सुक र आशावादी बन्ने दिन हो, त्यसैले महत्त्वपूणर् निणर्य लिनुअघि दोधारमा नरहनु होला, किनकि आजको निणर्यले भाग्यको ढोका उघ्रिने समय छ । कार्यक्षेत्रमा सफलता मिल्नेछ,  वैवाहिक सुख र प्रेम जीवनका निमित्त केही समय छुट्याउनु पर्ने हुन्छ ।

आजका लागि शुभ- शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम उपयाेगि मानिन्छ । यात्रा गर्दा ॐ बृं बृहस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

आफैं पनि गीतसङ्गीत, चित्रकला, फोटोग्राफी वा कुनै कलाप्रति झुकाव राख्नुहुन्छ भने राम्रो गर्ने समय हो । चुनौतीका माझ मोटो रकम हातलागी हुने दिन हो, रातो रङका चिजबीज, लताकपडा, बृक्ष वनस्पति, शैक्षिक प्रतिष्ठान, औषधी र खाद्यान्नका क्षेत्रमा राम्रो देखिन्छ ।

आजका लागि शुभ- शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण उपयाेगि मानिन्छ । यात्रा गर्दा ॐ सर्वरोगहराय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

 उद्दण्ड बन्ने दिन छ, आवेशमा आएर गैरकानूनी र असामाजिक काममा संलग्न नहुनु होला । पुस्तक, शिक्षाक्षेत्र, छापाखाना, कन्सल्टेन्सी र वस्त्राभूषणको कारोबारबाट लाभ लिने दिन हो, केही धनरकम छोराछोरी र भाइबहिनीका लागि खर्च गर्नुपर्ने हुन्छ ।

आजका लागि शुभ- शुभअङ्क ५, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व उपयाेगि मानिन्छ । यात्रा गर्दा ॐ गुं गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्छन्, त्यस्तै गोपनीयता बाहिरिनाले पनि समस्यामा पर्न सकिन्छ । तर आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ । कार्यालयीय काममा खासै परिश्रम गर्नु पर्दैन, तर आज घरपरिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा मात्र थप सन्तुष्टि मिल्नेछ ।

आजका लागि शुभ- शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर उपयाेगि मानिन्छ । याात्रा गर्दा ॐ वाचस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय