 
							बागलुङ । लाेक गायिका पुष्पा क्षेत्री र गायक भिम बहादुर पाैडेलकाे मन छुने गित सेताे किरिमले सार्वजानिक भएकाे छ ।
प्रेम एक यस्तो माध्यम हो, जसले मानिसहरुलाई सबैभन्दा नजिक ल्याउछ तर कहिलेकाँही त्यही प्रेम सोचेको जस्तो हुँदैन । जब दुई मध्ये एकले बिच बाटोमा छाडिदिएमा प्रेम फुल्न पाउँदैन माया भनेको चाँही आशा, भरोशा, इच्छा आदी बाट भरिपुर्ण हुन्छ, जस्ले गर्दा आफुले माया गरेको मान्छेले आफुले भनेको जस्तै गरे हुन्थ्यो जस्तो लाग्छ, अनि उस्लाई बन्धनमा बाँध्न खोजिन्छ ।
यसैले हाेला गायकद्वय पाैडेल र क्षेत्रीले माया प्रेमकाे एक कथालाई संगितकाे माध्यमबाट प्रस्फुटन गर्न खाेजेकाे, युवा जाेडिहरूकाे कथालाई टपक्क टिपेर प्रेमकाे लतमा डुबि सकेकाे र एक अर्कामा बाच्न नसक्ने सन्देश यस गित मार्फत दिन खाेजिएकाे छ ।
गायक पाैडेलकाे शब्द संगित र आवजमा गायिका पुष्पा क्षेत्रिकाे समेत आवज रहेकाे छ । म्युजिक भिडियाेमा उषा कार्कि, एन्जल खनाल, अश्मि अरविना र राजाराम पाेख्रेलकाे अभिनय छ । सुबाँस जिसीकाे निर्दशन सम्पादन र मरभुमि नारायणले छाँयाङकन गरेका हुन भने भिम बहादुर पाैडेल अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे छ । केपि कुमार जलन
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2025: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd


 
								




 
												 
												 
												 
												 
												 
												
 
											 
											 
											 
											 
											 
											

 
								 
								 
								 
								