वि.सं. २०७९ चैत्र १५ गते बुधवार तदनुसार ई. सं. २०२३ मार्च २९ तारिख,

सूर्योदय : बिहान ०५:५३ बजे र सूर्यास्त : साँझ ०६:११ बजे, चन्द्रोदय : दिउँसो १२:०३ बजे र चन्द्रास्त : मध्यरात्रीपूर्व ११:४८ बजे, काठमाण्डौ,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

नयाँ मित्रको सङ्गतले ज्ञान बढाउने समय हो । सामाजिक सम्बन्ध सुदृढ बनाउने समय छ, दानपुण्य र परोपकारमा मन जानसक्छ ।

आजका लागि शुभ- शुभअङ्क ३, शुभ रङ हरियो र शुभ दिशा पश्चिम उपयाेगि मानिन्छ । यात्रा गर्दा ॐ ब्रां ब्रीं ब्रौं सः बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

मानसिक सबलता र आन्तरिक क्षमतामा बृद्धि हुनाले घरपरिवारमा प्रभुत्व जमाउन सकिने छ । जस्तै चुनौती देखिए पनि सफलता तपाईंको मुट्ठीमा रहने समय छ, त्यसैले परीक्षा वा प्रतियोगितालाई ध्यानमा राखी पठनपाठनमा जुट्ने दिन हो ।

आजका लागि शुभ- शुभअङ्क २, शुभ रङ सेतो/उज्यालो र शुभ दिशा दक्षिण उपयाेगि मानिन्छ । यात्रा गर्दा ॐ सिद्धिलक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

काममा प्रगति हुने समय छ, तर एकोहोरोपन, जिद्दीपन र घमण्ड आजका शत्रु हुन् भन्ने बुझेर आफूलाई संयम बनाएर काम गर्ने दिन हो । घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ । तर जिद र हठलाई त्याग्नु होला, नत्र ससाना कुरामा विवाद हुनसक्छ ।

आजका लागि शुभ- शुभअङ्क १, शुभ रङ हरियो र शुभ दिशा पूर्व उपयाेगि मानिन्छ । यात्रा गर्दा ॐ बुं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

जतिसक्दो आफ्नो कारोबारमा ध्यानकेन्द्रित गरेको जाती हुन्छ । व्यस्तता र दौडधूपमा समय बित्नेछ, उता व्ययभार बढ्ने दिन भएकाले तालसाँचो र राखनधरनमा पनि सावधानी र सतर्कता अपनाउने समय हो ।

आजका लागि शुभ- शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर उपयाेगि मानिन्छ । यात्रा गर्दा ॐ त्र्यम्बकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

अड्डा-अदालतमा अड्किएको कुनै काम गर्न अनुकूल समय छ । परिस्थितिवश जिम्मेबारीबाहिरको काममा अलमलिनु पर्ने हुन्छ । काममा विलम्ब भए पनि कुनै विशेष काम सम्पादन गर्ने दिन हो ।

आजका लागि शुभ- शुभअङ्क २, शुभ रङ सेतो र शुभ दिशा पश्चिम उपायाेगि मानिन्छ । यात्रा गर्दा ॐ गङ्गाधराय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

दिन नरमाइलो छैन, यद्यपि काममा सक्दो खट्नुपर्ने दिन हो । अन्त्यसम्म व्यस्त रहनु पर्नेछ, तर मिहिनेत गरेअनुसार राम्रै प्रतिफल हात लागी हुनेछ । परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो ।

आजका लागि शुभ- शुभअङ्क १, शुभ रङ हरियो र शुभ दिशा दक्षिण उपयाेगि मानिन्छ । यात्रा गर्दा ॐ ऐं श्रीं श्रीं बुधाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

समाज र छरछिमेकका काम गर्दा मानसम्मान पाइएला, तर घरपरिवारमा समय दिन नपाउनाले ठास्सठुस्स बढ्ने समय हो । सपनालाई साकार तुल्याइने छ, लक्ष्य पहिल्याउन सजिलो हुनेछ तर लक्ष्य पूरा गर्न अलि धेरै मिहिनेत गर्नुपर्छ अनि मात्र सफल भइने छ ।

आजका लागि शुभ- शुभअङ्क ९, शुभ रङ हरियो र शुभ दिशा पूर्व उपयाेगि मानिनुछ । यात्रा गर्दा ॐ रोहिणीपुत्राय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला  ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

साँच्चै भन्ने हो भने आज रिस्क र जोखिमबाट टाढा भाग्ने दिन हो । चित्त व्याकुल हुनुका साथै गुनासो र गनगन बढ्ने दिन हो, तेस्रो व्यक्तिको प्रवेशले आपसी सम्बन्धमा समेत कमजोरी देखा पर्नसक्छ ।

आजका लागि शुभ- शुभअङ्क ८, शुभ रङ रातो र शुभ दिशा उत्तर उपायाेगि मानिन्छ । यात्रा गर्दा ॐ सङ्कटाभगवत्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

पटकपटक प्रयास गरे पनि सहयोगी र मित्रवर्गसँग सम्बन्धमा धमिलोपना आउने छ, सहयोग आदान/प्रदान र व्यवहार धान्नसमेत मुस्किल पर्नसक्छ । मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ ।

आजका लागि शुभ- शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम उपयाेगि मानिन्छ । यात्रा गर्दा ॐ राधाकृष्णाभ्यां नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

ओभर कन्फिडेन्समा नरहनु होला, परीक्षा वा प्रतिस्पर्द्धा नजिकै आएको छ भने खेलवाड र मनोरञ्जनलाई पूणतया त्यागेर थप मिहिनेत गर्नु समुचित हुनेछ । सोचेजस्तै लाभ प्राप्त गर्न केही समय कुर्नुपर्ने हुन्छ, तर बहस, वादविवाद र तर्कवितर्कमा जीत हुनेछ ।

आजका लागि शुभ- शुभअङ्क ६, शुभ रङ रातो र शुभ दिशा दक्षिण उपायाेगि मानिन्छ । यात्रा गर्दा ॐ देवीद्यौराल्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

बौद्धिकतामा निखार आउने दिन हो, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ । आफू स्वयंले वा छोराछोरीका माध्यमबाट कुनै फाइदामूलक काम बन्नसक्छ, तर मन भावुकता र आनन्दप्राप्तिका लागिसमेत आकर्षित बन्नसक्छ ।

आजका लागि शुभ- शुभअङ्क ५, शुभ रङ रातो/हरियो र शुभ दिशा पूर्व उपयाेगि मानिन्छ । यात्रा गर्दा ॐ सोमजाय नमः यस मन्त्रलाई कम्तीमा ०८ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

हाकिम वा उच्चपदस्थ अधिकृतसँगको सम्बन्ध कमजोर बन्नसक्छ । घरजग्गा, स्थिर सम्पत्ति र वाहनसुखको व्यवस्थापन गर्ने मनसाय बन्नसक्छ । दौडधूप गर्नुपर्ने काम वा भ्रमणमूलक कामबाट आर्थिक सन्तुलन कायम हुनेछ ।

आजका लागि शुभ- शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर उपयाेगि मानिन्छ । यात्रा गर्दा ॐ नमःभद्रकाल्यै यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय