काठमाडौँ । संयुक्त राज्य अमेरिकाको सेना र नेपाली सेनाकाे आजवाट संयुक्त बैठक सुरु हुने भएको छ ।
हरेक बर्ष हुने सो संयुक्त बैठक यो पटक चैत १३ गतेदेखि १५ गतेसम्म काठमाडौंमा ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’ हुन लागेको हो । नेपाली सेनाका अनुसार यसपटकको छलफल शान्ति सेना, मानवीय सहायता र विपद् प्रतिक्रिया, तालिम र विज्ञता आदानप्रदान गरी चार विषयमा केन्द्रित रहनेछ । यसअघि सो बैठक अमेरिकाको हवाईमा सम्पन्न भएको थियो ।
नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्दैछन भने अमेरिकी सेनाको नेतृत्व प्यासिफिक कमान्डको डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथले गर्नेछन । जसको कमान्डमा २२ सदस्यीय टोली सहभागी हुनेछन् ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2026: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd









