काठमाडौँ । विश्व बैंकले नेपाललाई १६ अर्ब रुपैयाँ अनुदान दिने भएको छ ।

बैंकले नेपालको शिक्षाको सुधारका लागि १२ करोड अमेरिकी डलर अर्थात् झण्डै १६ अर्ब रुपैयाँ बराबरको अनुदान दिने भएको हो ।आइतबार मालदिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका कन्ट्री निर्देशक फारिस हदाद जेर्भोसले उक्त सहयोगको घोषणा गरेका हुन ।

अनुदान सहयोग घोषणा गर्दै फारिसले गुणस्तरीय शिक्षामा लगानी गर्नु भनेको मानव पूँजीको विकासका लागि महत्त्वपूर्ण रहेको समेत बताए ।नेपाल सरकारको प्रमुख विद्यालय शिक्षा क्षेत्र कार्यक्रम कार्यान्वयन गर्न प्रदान गरिने यो कार्यक्रम विगतको विद्यालय क्षेत्र कार्यक्रममा आधारित रहेको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय