काठमाडौँ । नेपाल प्रहरीको ३० औं महानिरीक्षकमा बसन्तबहादुर कुँवर नियुक्त भएका छन् ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई आईजीपी  पदमा नियुक्त गरेको हाे । कुँवरलाई वरीयता र कार्यक्षमताका आधारमा महानिरीक्षक बनाउने निर्णय भएको मन्त्रिपरिषद्ले जनाएकाे छ ।

 कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । यस पटक आईजीपी नियुक्त गर्दा सरकारले वरीयता कायम राखेको छ । आइजिपी धिरजप्रताप सिंह उमेर हदका कारण आजदेखि नियमित अवकाशमा जाँदैछन् ।

कुँवर २०८१ चैतसम्म प्रहरीको नेतृत्वमा रहने छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय