
काठमाडौँ । रेडियो नेपालकी समाचार वाचिका कृष्णा ताम्राकारको निधन भएको छ ।
८६ वर्षीय उनको उपचारका क्रममा बिहीबार राति १० बजे न्यूरो अस्पतालमा निधन भएको हो । उनी क्यान्सर रोगले पीडित थिइन् ।
२०१८ जेठमा नेपाल एयरलाइन्स (तत्कालीन आरएनएसी)को जागिर छाडेर उनले रेडियो यात्रा थालनी गरेकी थिइन् । उनलाई रेडियोले नै लोकप्रियता दिएको थियो ।
रेडियो पुस्तामा पंक्षी संरक्षण तथा आँखा दान अभियान समेत चलाएकी उनका थुप्रै प्रशंसक बनेका थिए । बनेपामा जन्मिएकी उनी पछिल्लो समय विश्रममा थिइन् ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2025: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd