पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरमा लडेर बागलुङकी एक किशोरीको मृत्यु भएको छ ।

बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने लामो गण्डकी गोल्डेन ब्रिज छेउबाट तस्बिर खिच्ने बेला भीरमा खसेकी थिइन् । बागलुङ नगरपालिका–२ बस्ने १५ बर्षिया अप्सरा खातुनलाई अचेत अबस्थामा उद्धार गरिएको थियो । उद्धारपछि उपचारका लागि धौलागिरी अस्पताल पु¥याउँदै गर्दा उनको मृत्यु भएको हो ।

खातुन घुम्नका लागि परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवारी पुगेकी उनि तस्बिर खिच्ने बेला भीरमा खसेकी थिईन् । पुलको पूर्वतर्फको चौरमा राखिएको नेपाल टेलिकमको बोर्ड नजिकै तस्बिर खिच्ने क्रममा चिप्लिएर खातुन भीरमा लडेको जिल्ला प्रहरी कार्यलयले जनाएकाे छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय