काठमाडौँ । बलात्कारकाे आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

दशैंको बिदा परेका कारण अदालत बन्द भएकाले आज मात्र उनलाई अदालतमा उपस्थित गराइएको थियाे । लामिछानेले काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर पटक-पटक बलात्कार गरेको गरेको भन्दै नाबालिगले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । त्यतिबेला सन्दीप क्यारेबियन लिग क्रिकेट खेल्न नेपाल बाहिर थिए ।

उनीविरुद्ध उजुरी परेपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई नेपालको राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको थियो । पटक पटक आफू नेपाल फर्किने बताएर नफर्किएपछि नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिस जारी गरेको थियो । इन्टरपोलको निशानामा परेलगत्तै उनी कतारको दोहाबाट बिहीबार बिहान काठमाडौं फर्किएका थिए ।

उनलाई गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं ओर्लिएलगत्तै असोज २० गते प्रहरीले पक्राउ गरेको थियो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय