काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा परेको उम्मेदवारीको विरोधमा आज उजुरी दिन सकिने जनाएको छ ।
आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने जनाएको छ । उजुरी दिइसकेपछि उक्त उजुरीमाथि आजै बेलुका ५ बजेदेखि जाँचबुझ गरिनेछ । उक्त जाँचबुझपछि मंगलबार बेलुका ५ बजेसम्म उजुरीमाथि निर्णय गर्ने कार्यतालिका रहेको छ ।
आइतबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म देशैभरका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गरेका थिए ।
बुधवार साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी आयोगको छ । सोही दिन निर्वाचन चिन्ह दिइने पनि आयोगले जनाएको छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2024: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd