काठमाडौँ । आगामी ४ मंसिरमा तय भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रकिया आजबाट शुरु भएको छ ।
नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्दैछन् । आज र भोलि राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका निर्वाचन आयोगको छ ।
बन्दसूची छानबीन गरि आवश्यकता अनुसार सच्याउन असोज ४ देखि ९ गतेसम्मको समय दिइएको छ । यस्तै सो बमोजिम राजनितिक दलहरुले उम्मेदवारको बन्दसूची संशोधन गरि पेश गर्नका लागि असोज १० गते देखि असोज १६ सम्मको अवधि निर्धारण गरिएको छ ।
राजनीतिक दलहरूले बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य सङ्ख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार गर्नुपर्नेछ । जसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला उम्मेदवार हुनुपर्छ ।
आगामी चुनावबाट सङ्घीय संसद्मा समानुपातिक निर्वाचन प्रणालीबाट ११० र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ १६५ जना सदस्य निर्वाचित हुनेछन् ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2024: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd