काठमाडौँ । अछाममा तीनवटा स्थानीय तहको पाँच स्थानमा पहिरोले पुरिँदा २१ जनाको मृत्यु भएको छ, २ जना वेपत्ता भएका छन् ।

जिल्लाको ढकारी गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा २१ जनाको मृत्यु भएको हो । मृत्यु भएका १७ जनाको सनाखत भएको र ४ जनाको सनाखत हुन बाँकी रहेको जानकारी छ । मृत्यु हुनेमा कमलबजार नगरपालिका–६ बस्ने ३० वर्षीय अमृता कामी, १७ वर्षीय सरिता कामी, २१ वर्षीय अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीय मैनकला कामी, १५ वर्षीय गिता कामी र १२ वर्षीय सिरु कामी रहेका छन् । कमलबजार नगरपालिका–८ ढुङ्गला बस्ने २६ वर्षीय गम्भीर दमाई, बस्ने २३ बर्षीय भाना दमाई, २१ वर्षीय डिग्रा दमाई, तीन वर्षीय कलु दमाई र चार वर्षीय कल्पना दमाई रहेका छन ।

र तुर्माखाँद गाउँपालिका–५ बस्ने १७ वर्षीय जानकी शाही, १७ वर्षीय बिमला शाही, ४५ वर्षीय नेत्रबहादुर शाही, ३६ वर्षीय मनिषा शाही र ढकारी गाउँपालिका–६ बस्ने दुई वर्षीय नविन बुढा पनि रहेका छन् । तुर्माखाँद गाउँपालिकामा थप ४ जना वेपत्ता भएकाको शव फेला परेको छ । तर, उनीहरुको सनाखत हुन बाँकी छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दिपेश रिजालका अनुसार पहिरोमा परी २ जना अझै बेपत्ता रहेका छन् । यसैगरी, घाइते हुनेमा ढकारी गाउँपालिका–६ बस्ने ६२ वर्षीय हर्क वुढा, २१ वर्षीय चन्द्रा बुढा, १२ वर्षीय धर्म बुढा र कमलबजार नगरपालिका–६ बस्ने ८५ वर्षीय भक्त कामी, ४२ वर्षीय ईन्द्र सिह कामी, १२ वर्षीय कल्पना कामी, १२ वर्षीय ममता कामी, १० वर्षीय शुसिल कामी, २ वर्षीय सफलता कामी र ३८ वर्षीय डिक्रा कामी रहेकाे बताएका छन् ।

अहिले ढकारी गाँउपालिका–६ का ३ जना घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट कर्णाली प्रदेश प्रादेशिक अस्पताल सुर्खेतमा पुर्याएको छ । अछाममा शुक्रबार रातिको अविरल बर्षाका कारण शनिबार राति पहिरो गएको थियो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय