काठमाडौँ । गैरकानूनी रुपमा भित्रिने मोबाइल फोनहरुको अनाधिकृत आयात नियन्त्रण गर्न नेपाल दूरसञ्चार प्राधिकरणले भदौ ३० गतेदेखि मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) लागू गर्ने भएको छ ।
प्राधिकरण तथा मोबाइल फोन इम्पोर्टस एसोसियसन (एमपीआइए)ले बिहीबार काठमाण्डौंमा सम्पन्न ‘मोबाईल डिभाइस म्यानेजमेण्ट सिस्टम’को संयुक्त कार्यशाला गोष्ठीमा उक्त निर्णय गरेका थिए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले देशको नियम र कानुनभित्र रहेर सम्बन्धित सरोकारवाला सबैसँग सहकार्य गरी जतिसक्दो चाँडो एमडीएमएस लागू गर्नु पर्नेमा जोड दिए ।
त्यस्तै, प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अब कुनै विशेष परिस्थितिबाहेक आगामी भदौ ३० बाट एमडीएमएस सिस्टम शुरु गर्ने प्रतिवद्धता जनाए । मोबाइल फोनको व्यवसायमा देखिएको अनधिकृत आयातबाट उत्पन्न भयावह स्थितिले नेपाल प्रहरीको अनुसन्धान कार्यमा समेत कठिनाइ भइरहेको हुँदा एमडीएमएस लागू गर्न अब ढिला गर्न नहुने भनाइ थियो ।
कार्यक्रममा संघका उपाध्यक्ष सञ्जय अग्रवालले आउँदो भदौ ३० देखि औपचारिक रुपमा एमडीएमएस शुरुवात हुने र यसको दुईदेखि तीन महिनामा सतःप्रतिशत लागू हुने बताए ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2024: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd