काठमाडौँ । काठमाडौं उपत्यकाका भित्री आज पनि सडकहरुमा सवारी आवागमन प्रभावित हुने भएको छ ।

आज बिहान भक्तपुर भ्रमणमा जाने र दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जाने नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेसका अध्क्ष ली चान्सु नेतृत्वको प्रतिनिधि मण्डल भएकाले सवारी आवागमन प्रभावित हुने भएको हो ।

ट्राफिक प्रहरी कार्यालयकाे सूचना अनुसार आज बिहान ९ बजेदेखि कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँबानेश्वर, तिनकुने, जडिबुटी, कौशलटार, मध्यपुर ठिमी र सल्लाघारी क्षेत्रको सवारी साधन प्रभावित हुने छ । त्यस्तै आजै दिउँसो साढे ३ बजे आसपासमा कालिमाटी, त्रिपुरेश्वर, जमल, लाजिम्पाटदेखि महाराजगञ्जसम्मको सवारी आवागमन प्रभावित हुने उल्लेख छ ।

यी समयमा वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरी कार्यालयले सबैलाई अनुरोधसमेत गरेको छ । सूचनामा सवारी आवागमन प्रभावित हुनुको कारण भने खुलाइएको छैन । सूचनामा ‘विशेष कारणबश’ मात्र लेखिएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय