
काठमाडौँ । ‘श्रष्टा, सम्मान र समय हाम्रा आधार हुुन’ भन्ने नारा सहित धौलागिरी सांस्कृतिक समिति काठमाडौँको आयोजनामा ‘धौलागिरी संगीत उत्सव एवं दोश्रो धौलागिरी श्रष्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम’ शनिबार काठमाडौँमा सम्पन्न भएको छ ।
सांस्कृतिक समितिले विगतमा गरेको धौलागिरी राष्ट्रिय सम्मान, साधना सम्मान, युवा सम्मान सहित यो बर्ष देखि धौलागिरी मैत्री सम्मान अन्तरगत धौलागिरी साहित्य सम्मान, धौलागिरी खेलकुद सम्मान, धौलागिरी पत्रकारीता सम्मान र धौलागिरी सामाजिक सम्मान थप गरी सात विधामा सम्मान गरेकोे अध्यक्ष कृष्ण समीप सुवेदीले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, साँसद मना केसी, कल्पना चापागाईं, पुर्व सांसद ऋषिकेश तिवारी यसै गरि NRNA का अध्यक्ष कुल आचार्य, नेपाल राष्ट्र बैकका निर्देशक डिलाराम सुवेदी, धौलागिरी समाजका अध्यक्ष केदारनाथ गौतम, गण्डकी सभ्यता बचाउ महाअभियानका अध्यक्ष गोबिन्द शर्मा पौडेल लगायत कलाकार, ब्याबसायी तथा समाजसेवी हरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुुख अतिथि तिमिल्सिनाले कला हेर्दा सजिलो र गर्दा गाह्रो बिधा हो कला हाम्रो देशको गहना हो यसलाई धौलागिरी सांकृतिक समुहले जगेर्ना गर्ने काम गरेको छ । यो कदम अझै अगाडी बढाउन आवश्यक छ, धौलागिरीक्षेत्र कला र संस्कृतिको मुख्यथलो भएको वताउदै उनले कलाकारमा आफुमा जतिसुकै पिडा भएपनि दर्शकलाई क्षणभरमा रुवाउने र क्षणभरमा हसाँउने अदभूत कला हुने वताए । ‘कलाकर्मीको सम्मान र संरक्षण राज्यले गर्नुपर्छ’, अध्यक्ष तिमिल्सिनाले भने, ‘कोभिड लगायतका समस्याले कलाकारको जीवन यापनमा पनि समस्या आएको छ, यसमा राज्यले विशेष ध्यान दिनुपर्ने वताए ।
संगित उत्सवमा माादल बादक तथा नेपाली लोक गितका हिरा प्रेमदेब गिरिलाई धौलागिरी राष्ट्रिय सम्मान, सँगितकार, लेखक तथा सँगित सँयोजक बिबि अनुरागीलाई धौलागिरी साधना सम्मान, लोक तथा दोहोरी गायिका देवी घर्ती, सँगितकार दिपक शर्मा, गितकार प्रल्लाद सुवेदी र एरेन्जर आशिष अविरललाई धौलागिरी युवा सम्मान, गायक प्रकाश सपुतलाई धौलागिरी विशेष सम्मान, लोक प्रिय कबि भुूपी शेरचन लाई मरणोपरान्त धौलागिरी साहित्य सम्मान, देवीप्रकाश भट्टचनलाई धौलागिरी सामाजिक सम्मान, नारायण अमृतलाई धौलागिरी पत्रकारिता सम्मान र नेपाल महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई धौलागिरी खेलकुद सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष समिप सुुबेदीले धौलागिरी हिमालको शिर उच्च रहे झैं, अबिरल बग्ने कालीगण्डकी सललल बगे झैं, मुक्तिनाथप्रतिको निष्ठा र बिश्वास रहे झैं धौलागिरीका संस्कृती, कला–कौशल, प्रयटनले नेपालको साहित्यीक, धार्मिक, प्राबिधिक, प्रशासनिक, ब्यापारीक हरेक कोणबाट धौलागिरीको मात्र हैन देशकै शिर उच्च पारेको छ । सानो कदको धौलागिरी सांस्कृतिक समितिले एकै पटक ती सबै योगदान पुराउनुहुने सबै ब्यक्तित्वलाई सम्मान गर्न कहाँ सक्छ र मात्र सुरुवात भयको छ, धेरै नै योग्य ब्यक्तिहरु हुँदाहुदैं पनि त्यही मध्यबाट केहीलाई मात्र सम्मानित गर्न सकियको छ, सम्मान सबैलाई बराबरी छ, सबै प्रति उच्च सम्मान रहेको बताएका छन् ।
यस्तै मौलिक प्रस्तुति र अभियानलाई सबैले आत्मसात गर्दै कार्यक्रममा थप हौसला र उत्साह प्रदान गर्दै धौलागिरीको मौलिकता जोगाउन हाम्रो अभिभारा पनि रहेको भन्दै साँस्कृतिक कार्यक्रममा मुस्ताङको थकाली नाच, म्याग्दीको यानीमाया, बाग्लुङको नचरी र पर्बत पाङ–खुर्कोटको शिव पर्बती भजन प्रस्तुत गरिएको अध्यक्ष समीप सुवेदीले फेवा नेपाललाई जानकारी गराएका छन् ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2025: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd