काठमाडौँ ।  ट्राफिक प्रहरीले मोटरसाइकल र स्कुटरमा राखिएका मोबाइल स्ट्यान्ड हटाउन निर्देशन दिएको छ ।

नेपाल सरकारको प्रचलित कानुनअनुसार निर्माण भइसकेको मोटरसाइकल वा स्कुटरमा म्याप हेर्न वा फोटो/भिडिओ खिच्नका लागि केही कुरा थप्नु वा हटाउदा दुर्घटना निम्तिएकाे भन्दै ट्राफिक प्रहरीले मोबाइल स्ट्यान्ड  देशैभर हटाउन निर्देशन दिएको छ ।

 मोटरसाइकल र स्कुटरकाे बिलबुकको अन्तिम पृष्ठमा जुन कुरा उल्लेख छ, त्यसभन्दा बढी भएमा कारबाही गरिने ट्राफिक प्रहरीले जनाएकाे छ । निर्देशनअनुसार राइड शेयरिङ कम्पनी पठाओले पनि आफ्ना चालकलाई मोबाइल स्ट्यान्ड हटाउन भनेकाे छ ।

तर कतिपय राइडर र फुडम्यान साथीहरूले मोबाइल स्ट्यान्ड नहुँदा गुगल म्याप प्रयोग गर्नमा कठिनाइ भएको भनेर गुनासो गरिरहेका पठाओले जनाएको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय