
काठमाडौँ । जापनमा रहेका नेपाली चेलीहरुलाई लक्षित गरी नेपाली महिला दिदि–बहिनीहरुको महानपर्व हरितालिका तीजको अवसरमा ‘तीज डान्सिङ क्विन’ हुने भएको छ ।
‘मनाऔं तीज खुशियाली बाँढेर, प्रतिभा देखाऔं छमछमी नाचेर’ भन्ने अभियानका साथ जापानमा रहेका नारीहरुले सहभागिता जनाउन सक्ने गरी प्रतियोगिता आयोजना गरिएको आयोजक निष्पक्ष न्यूज डटकमले जानकारी दिएको छ ।
सौभाग्य र नारी अधिकारका लागि उत्सवका साथ मनाईने हरितालिका तीजमा यस बर्ष तीजको रमाईलो सँगै उत्कृष्ट नृत्य प्रस्तुत गर्ने सहभागी मध्ये प्रथम हुनेले ५० हजार जापानी येन, दोश्रो हुनेले ४० हजार जापानी येन र तृतीय हुनेले ३० हजार जापानी येन सहित ट्रफि प्राप्त गर्ने भएका छन ।
प्रतियोगितामा सहभागि हुन चाहानेहरुले आफुले तिजको गितमा नृत्य गरेको २ मिनेट सम्मकाे भिडियो निष्पक्ष न्यूजको फेसबुकमा वा निष्पक्षन्यूजको ह्वाटसएपमा यही अगष्ट ३१ तारिख सम्म पठाई सहभागि हुन सक्ने प्रतियोगिताका संयोजक शिक्षा शान्ति वाईवाले जानकारी दिनुभयो ।
प्रतियोगिताका लागि प्राप्त भएका भिडियोहरुलाई निर्णायक मण्डले छनौट गरेपछि फाईनल राउण्ड प्रवेश गराई अन्तिम अर्थात् फाईनल राउण्डमा प्रत्यक्ष नृत्य गराई उत्कृष्ट तीन जनालाई छनौट गरी पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2023: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd