वि.सं. २०७९ भाद्र ०९ गते बिहीवार तदनुसार ई. सं. २०२२ अगस्ट २५ तारिख
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पराइसँग व्यवहार गर्दा निश्चित दूरी कायम राख्नु ठीक हुन्छ । घुमघाम वा मनोरञ्जनका लागि केही रकमको खाँचो पर्नसक्छ, घोरिएर बस्नुभन्दा अभिभावकसमक्ष आफ्ना कुरा राखी निकास खोज्नु राम्रो हुन्छ ।
आजकाे शुभ- शुभअङ्क ४, शुभ रङ रातो र शुभ दिशा उत्तर उपयोगी मानिन्छ । यात्रा गर्दा ॐ नमः भद्रकाल्यै यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सहकर्मी र जुनियर स्टाफको काममा अलमलिंदा नियमित काममा बाधा पुग्नेछ, तथापि आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने दिन हो । जुन कुराले मनमा उत्साह बढ्छ त्यही कार्य गरे मन प्रसन्न रहनेछ ।
आजकाे शुभ- शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम उपयोगी मानिन्छ । यात्रा गर्दा ॐ धरणीसुताय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कतिपय विषयमा बोलीकै भरमा काम सम्पादन हुनेछ, साथै हाकिम र सेवाग्राही दुवै पक्ष प्रसन्न रहनेछन् । पारिवारिक बन्दोबस्ती वा व्यक्तिगत प्रयोजनका लागि केही धनको आवश्यकता पर्नसक्छ । पतिबाट कुनै उपहार वा भौतिक उपकरण प्राप्त गर्नाले मन फुरुङ्ग हुनेछ ।
आजकाे शुभ-शुभअङ्क २, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण उपयोगी मानिन्छ । यात्रा गर्दा ॐ बृं बृहस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नयाँ जिम्मेबारी वा पदभार ग्रहण गर्ने दिन हो । सहकर्मीका माझमा क्रूर बन्नुको सट्टा व्यवहारिक बन्नसकेमा मात्र काम निकाल्न सकिने छ । घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ । तर जिद र हठलाई त्याग्नु होला, नत्र ससाना कुरामा विवाद हुनसक्छ ।
आजकाे शुभ- शुभअङ्क १, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व उपयोगी मानिन्छ । यात्रा गर्दा ॐ केशवाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दण्ड वा जरिवानामा पर्न सकिने वा कुनै कानूनी बाधाअड्चन व्यहोर्नुपर्ने हुन्छ । परिस्थितिलाई बुझेर चल्न जान्नुपर्छ, किनकि सोचेभन्दा बढी खर्च हुनाले बजेट सन्तुलनमा नरहन सक्छ, आपसी सम्बन्धमा पनि मनोमालिन्य बढ्ने दिन हो ।
आजकाे शुभ- शुभअङ्क ३, शुभ रङ छिरबिरे/रङ्गीबिरङ्गी र शुभ दिशा उत्तर उपयोगी मानिन्छ । यात्रा गर्दा ॐ कें केतवे नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दायित्व र जिम्मेवारी बढिरहने समय हो । व्यक्तिगत प्रतिष्ठाका लागि अझ धेरै खट्ने समय हो । वैदेशिक यात्रा वा छात्रवृत्तिका लागि प्रयास गर्दै हुनुहुन्छ भने नबुझेको/नजानेको विषयवस्तुका बारेमा अनुभवी र सिनियरसँग छलफल गर्ने समय हो ।
आजकाे शुभ- शुभअङ्क २, शुभ रङ कालो र शुभ दिशा पश्चिम उपयोगी मानिन्छ । यात्रा गर्दा ॐ बगलामुखीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
लगनशील भएमा पुरस्कार र बढुवा पाउन सकिने छ । परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो । जुनसुकै काममा ढिलो हुने दिन हो, धैर्य र संयम भएर काम गर्नुपर्छ, सानो लापरवाहीले पनि ठूलो नोक्सानी हुनसक्छ ।
आजकाे शुभ- शुभअङ्क १, शुभ रङ रङ्गीबिरङ्गी/छिरबिरे र शुभ दिशा दक्षिण उपयोगी मानिन्छ । यात्रा गर्दा ॐ वास्तुदेवताभ्यो नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सामाजिक कार्यमा प्रतिष्ठा र सम्मान मिल्ने तथा माङ्गलिक कर्मप्रति अभिरुचि जाग्ने दिन हो । मनमा सलबलाएको कुनै राम्रो योजनाको कार्यान्वयन गर्न सकिने छ, तर नकारात्मक प्रवृत्ति भएका व्यक्तिहरूबाट टाढा रहनुपर्छ, नत्र तिनको अनुसरण गर्ने हुँदा तपाइँ लक्ष्यबाट विमुख हुन सक्नुहुन्छ ।
आजकाे शुभ- शुभअङ्क ९, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व उपयोगी मानिन्छ । यात्रा गर्दा ॐ गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
इच्छित काम पूरा गर्न सकिंदैन, दिकदारी र चिडचिडेपन बढ्न सक्छ । गोपनीयता बाहिरिनाले वा विगतको सानो कमजोरीले तनाव बढ्ने तथा मनमा अनावश्यक भय र त्रास सिर्जना हुने कमजोर समय छ ।
आजकाे शुभ- शुभअङ्क ८, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा उत्तर उपयोगी मानिन्छ । यात्रा गर्दा ॐ वायुपुत्राय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सानातिना झंझट वा विवादबाट जोगिनुपर्ने समय हो, ससाना कुरामा दिक्क लाग्ने समय छ । घरमा सम्पर्क गरी जीवनसाथीका भावना बुझ्नु राम्रो हुन्छ । आयातनिर्यातको काम, वैदेशिक प्रयोजनको व्यवसाय, ट्राभेल एजेन्सी आदिका व्यवसायी खुशी हुने दिन हो ।
आजकाे शुभ-शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम उपयोगी मानिन्छ । यात्रा गर्दा ॐ कुलदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
शरीर हलुका र मन चङ्गा भएको दिन हो । नियमित कामधन्दा र दैनिकी सञ्चालनका क्रममा फुर्तिको अनुभूति हुनेछ । प्रयास गरेमा चलिरहेको आर्थिक समस्याको हल हुनसक्ने समय छ । गरेको मिहिनेतले सार्थक परिणाम प्रदान गर्नेछ । प्रभाव र प्रभुत्व बढ्ने समय छ, तर रिस, आवेग र शीघ्रतामाथि बन्देज लगाउनु बेस हुन्छ ।
आजकाे शुभ-शुभअङ्क ६, शुभ रङ सेतो वा पहेंलो र शुभ दिशा दक्षिण उपयोगी मानिन्छ । यात्रा गर्दा ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भगर्नुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मिहिनेत अनुसार राम्रो रिजल्ट निकाल्न सकिने छ । आत्मबल र सामर्थ्य प्रदर्शन गरी अरुलाई प्रभावित बनाउन सकिने छ, जसबाट महत्त्वपूणर् उपलब्धिको बाटो खुल्नेछ । यो तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाले भरिपूणर् समय हो ।
आजकाे शुभ- शुभअङ्क ५, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व उपयोगी मानिन्छ । यात्रा गर्दा ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2025: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd