
काठमाडाैँ । दाङमा विद्यालय जादै गर्दा राप्ती नदी तरिरहेकाे विद्यार्थी सवार सानो डुंगा (पटेला) दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन ।
लमही नगरपालिका-९ बाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका-७ स्थित मावि सिक्टामा अध्यनका लागि जान खोजेका विद्यार्थी दुर्घटनामा परेका हुन् ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार बिहीबार बिहान साढे ९ बजेतिर डुंगा पल्टिँदा २५ जना विद्यार्थी नदीमा खसेको र त्यसमध्ये तीन जना विद्यार्थीले बढी पानी खाएका कारण अवस्था जटिल रहेको भन्ने खबर आएको बताए ।
‘अरूको अवस्था सामान्य छ भन्ने कुरा आएको छ,’ उनले भने, ‘तीन विद्यार्थी नदीमा बग्दा अलि धेरै पानी खाएको भन्ने छ । उनीहरूको उपचार लमहीमा भइरहेको भन्ने सूचना आफूले पाएको एसपी काफ्लेले जानकारी दिए ।
६/७ जना बस्ने मिल्ने र माछा मार्नका लागि निर्माण गरिएको सानो डुंगामा क्षमताभन्दा बढी २५ जना विद्यार्थी एकैसाथ तार्ने प्रयास गर्दा पल्टिएको भन्ने जानकारी आएको उनले बताए ।
विद्यालय जान थालेका विद्यार्थी सवार डुँगा पल्टिए पछि उनीहरूको कापी, किताब, झोला सबै भिजेर काम नलाग्ने भएका छन्। डुंगा पल्टिएको देखेपछि स्थानीयले बालबालिकाको उद्धार गरेका थिए।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2023: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd