काठमाडाैँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिकाका मेयर हर्क साङ्पाङबीच सामाजिक सञ्जालमा भएको दोहोरीको विषय प्रतिनिधिसभाको बैठकमा उठेको छ ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद कृष्ण राईले सम्बन्धित मन्त्री र काठमाडौंँ महानगरका मेयरले लाचारी ब्यक्त गरिरहेका बेलामा धरानका मेयर राईले म काठमाडौं आएपछि फोहोरको समस्या समाधान हुने भयो भनेर घोषणा गरेको बताए ।

सांसद राईले अगाडि भने– ‘यो विषयमा बालेन र हर्कजीको फेसबुकमा जुहारी परेको नै देखियो । यहाँ कुरा के हो भने ४ बुँदे सहमतिपछि पनि यहाँ फोहोर नउठ्ने समस्या देखिएको छ किनभने त्यहाँको जनताको समस्यालाई नजरअन्दाज गरेको देखियो । अर्कोतर्फ महानगरले फोहोर उठाउनुपर्ने विषय हो कि सरकारले भन्ने कुरामा पनि जनतामा अन्योलको स्थिति देखिन्छ ।

काठमाडौंको फोहोर नउठिरहेका बेला केही दिनअघि काठमाडौं आएका हर्क राईले आफू काठमाडौं आएपछि फोहोर उठ्न थालेको भन्दै मेयर बालेन्द्र शाहलाई ब्यङ्ग्य गरेका थिए । मेयरले शाहले पनि तपाईंकै लैरो चुनाव चिन्हबाट मैले पनि चुनाव जितेको हो नि भन्दै ब्यङ्ग्य फर्काएका थिए ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय