काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पाँच महिनायताकै न्यून बिन्दुमा झरेको छ ।
नेपालले प्रशोधित रुपमा खरिद गर्ने ब्रेन्ट कच्चा तेलको शुक्रबार प्रतिब्यारेल ९४ डलर ६३ सेन्ट कायम भएको छ ।
ब्रेन्ट कच्चा तेलको मूल्य गत २४ फागुनमा हालसम्मकै उच्च बिन्दु १२४ डलर थियो । कच्चा तेलको मूल्य पाँच महिनायता ३० डलर प्रतिब्यारेलमा घटेपछि तेलको मूल्यका कारण संकट उन्मुख रहेको अर्थतन्त्रलाई राहत पुग्ने अनुमान गरिएको छ ।
कच्चा तेलको मूल्य घट्नुलाई तेल उत्पादक तथा आपूर्तिकर्ता मुलुकहरुको संगठन (ओपेक प्लस) को निर्णय प्रमुख मानिएको छ । संगठनले सेप्टेम्बर महिनाका लागि कच्चा तेलको उत्पादन बढाउने दैनिक एक लाख ब्यारेलले बढाउने निर्णय गरेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दाको फाइदा नेपालमा सुरु भइसकेको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलियम पदार्थको खपत यस अघि दैनिक एक अर्बको रहेकामा उक्त महिना ७० करोडमा झरेको निगमले जनाएको छ । इन्धनको मूल्य घट्दा निगमको घाटामा पनि उल्लेख्य सुधार भएको छ ।
पुस २०७७ बाट बढ्न थालेको इन्धनको मूल्यका कारण पेट्रोलियम पदार्थमो हालसम्मकै उच्च रकम मुलुकबाट बाहिरिएको थियो । आव २०७७/७८ मा २ खर्ब १४ अर्बको पेट्रोलियम पदार्थ आयात भएकोमा आव २०७८/८९ मा ३ खर्ब ८३ अर्ब रुपैयाँ पेट्रोलियम पदार्थ खरिदका लागि मुलुकबाट बाहिरिएको थियो ।
इन्धनको मूल्य अझै घट्ने अन्तर्राष्ट्रिय प्रक्षेपणका कारण आउँदा दिनमा यसले अर्थतन्त्रमा अझै सकारात्मक संकेत ल्याउने जानकारहरु बताउँछन् ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2024: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd