शहरी क्षेत्रमा धुलो-धूँवाको कुइरिमण्डल छ । यस्तो प्रतिकुलतामा रुघाखोकीले च्याप्न सक्छ । बुढाबुढी, रोगी, बालबालिकालाई रुघाखोकीले निकै दुख दिन्छ, वयस्क एवं युवाहरुलाई दैनिक काम-व्यवहारमा असर पुर्‍याउँछ ।

हुन त यो सामान्य समस्या हो । तर, हेलचेक्राई गरेको अवस्थामा यसले खराब नतिजा दिनसक्छ । त्यसैले सचेत भने हुनैपर्छ । अर्को कुरा, रुघाखोकी लाग्नसाथ हामी औषधी पसलमा गएर औषधी खरिद गर्छौं । आफुखुसी खाइदिन्छौं ।

घरेलु ओखती सर्वोत्तम

सामान्य अवस्थामा रुघाखोकी लागेमा त्यसलाई ख्याल गरेर घरेलु उपचार गर्ने हो भने केहि दिनभित्र ठिक हुन्छ । तर, अझै धेरै दिनसम्म सताउन छोडेन भने तपाईंले चिकित्सकको सल्लाह लिँदा राम्रो हुन्छ ।

रुघाखोकीमा पर्याप्त आरम गर्नुपर्छ । पर्याप्त तातो वा मनतातो पानी पिउनुपर्छ । अझ कागती र मह घोलेको पानी पिउनुभयो भने आरम मिल्छ । तर, कतिपयलाई यस्ता उपचारले भ्याउँदैन । रुघाखोकीको कारण नाकबाट पानी बग्ने, नाक टालिने, टाउको दुख्ने, जीउ दुख्ने, कफ जमेर सास फेर्न गाह्रो हुने, खानेकुरा खान मन नलाग्ने हुन्छ । यसले मानिसको हालत खराब बनाउँछ ।

कोही मानिसहरु सामान्य रुघाखोकी लाग्नासाथै त्यसबाट राहत पाउनाको लागि कैयौं किसिमको औषधीहरुको सहारा लिन्छन् । त्यस्तै कसैले नाकमा भिक्स दल्ने वा इन्हेलर प्रयोग गर्ने गर्छन् ।

यस्ता औषधि तथा इन्हेलरलेले रुघाखोकी ठिक त हुन्छ तर स्वास्थ्यमा गम्भिर असर पनि पार्न सक्छ । त्यसैले आज हामी तपाईंलाई केही यस्ता सजिला घरेलु उपचार बताउन गइरहेका छौं जसले साइड इफेक्ट बिना रुघाखोकी निको बनाउँछ ।

बेसार : रुघाखोकीबाट राहत पाउनको लागि १ गिलास तातो दुधमा १ चम्चा बेसार मिसाएर पिउनुहोस् । यसको साथै सुकेको हलेदोलाई पोलेर त्यसको धुँवा सुँघेमा पनि रुखाखोकी ठिक हुन्छ ।

तुलसी : तुलसी रुघाखोकीको लागि कुनै औषधिभन्दा कम छैन् । तुलसीको चार पाँच पत्ता तुलसी चपाउनाले घाँटीको खसखर र खोकीबाट राहत मिल्छ । तपाई यसलाई चिया वा तातोपानीमा उमालेर पनि पिउन सक्नुहुन्छ ।

अदुवा : अदुवाको रस महमा मिसाएर खाएमा पनि खोकी टाढा भाग्छ । तपाईलाई रुघाखोकीले सताएको छ भने राती सुत्नभन्दा अगाडि दूध वा चियामा अदुवा उमालेर पिउनुहोस् । तर्पाको स्वास्थ्यमा छिटै सुधार हुन्छ ।

अलैंची :अलैंचीलाई चियामा उमालेर पिउनाले रुघाखोकी ठिक गर्छ । यदि फेरि पनि रुघा लागेमा अलैंचीको दानालाई रुमालमा बेरेर सुँघ्नाले रुघाबाट छुटकारा पाइन्छ ।

हर्बल चिया : टाउको दुख्ने, खोकी, ज्वरो, रुघा जस्ता समस्या देखिएमा हर्बल चिया पिउनुहोस् । यसले शरीरलाई गरम राख्छ र रोगबाट बचाँउछ ।

त्यस्तै तपाईले रुघाखोकी लागेमा तातोपानीको बाफ लिने, तातो पानी पिउने, रसभएको तातो खानेकुरा खाने गर्नुभएमा यसले पनि तपाईलाई आराम गर्छ । तर, रुघाखोकी लागेको बेलामा धुमपान मद्यपान भने नगर्नुहोस् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय