काठमाडौँ । एभरेष्ट हब्र्स प्रालीले उत्पादन गरेको प्रिमियम मदिरा ब्राण्डलाई जापानको तोमोदाची हब कम्पनीले जापान निर्यात गरेको हो । नेपालको प्रिमियम ह्विस्की यार्सागुम्बा जापानमा निर्यात भएको छ ।
यार्सागुम्बासहित विभिन्न जडिबुटी मिश्रित यार्सागुम्बा ह्विस्की यसअघि अष्टे«लिया, चीन निर्यात भैसकेको छ । नेपालमा छोटो समयमा नै स्थापित यार्सागुम्बा विदेशी मदिरालाई विस्थापित गर्दै तारे होटलमा सर्भ हुने डोमेस्टिक ब्रान्डमा पर्छ । जापानमा पहिलो पटक नेपाली मदिरालाई लाइसेन्स लिएर निर्यात गरेको तोमोदाची हबका प्रबन्ध निर्देशक बिक्रम भण्डारीले नेपाल हिमालयको देश भएको र जापानीजलाई नेपालको हिमाल र यार्सागुम्बाको बारेमा थाहा भएका कारण पनि यो ब्राण्डलाई सहजै चिनाउन सजिलो भएको बताए ।
हामीले पहिलो पटक कोभिड महामारीकै बीच जापानमा निर्यात गरेको भएपनि जापान ल्याएको पहिलो हप्तामा नै यार्सागुम्बाको बारे राम्रो प्रतिक्रिया प्राप्त भएको छ, उनले भने ।ख्य सहरका होटल, रिसोर्ट, क्लब, रेष्टुरेन्ट, बारलगायतमा यार्सागुम्बा पुराउने तयारी गरिरहेका छौं, भण्डारीले भने । अनलाइन अर्डर र सुपरमार्केटमा उपलब्ध गराउनका लागि पनि केहि कम्पनीसँग कुराकानी भएको उनले बताए ।
लण्डनबाट एमबीए गरेका भण्डारी जापानमा व्यवसाय गर्दै आइरहेका छन् । जापानको होटल र रेष्टुरेण्टबारे राम्रो दख्खल राख्ने भण्डारीले छिटैं जापानका मुख्य सहरका प्रख्यात होटल र रेष्टुरेन्टमा यार्सागुम्बा उपलब्ध हुने बताए ।
यार्सागुम्बालाई कम्पनीले वेभरेजको रुपमा प्रचार गर्दै आइरहेको छ । यार्सागुम्बामा ९ प्रकारका दुर्लभ जडिबुटी मिश्रण गरिएको कम्पनी जनाएको छ । स्वाथ्यका लागि औषधीको गुणसमेत रहेको कम्पनीको दाबी छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2025: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd