काठमाडौँ । कोरोना संक्रमण भएका हास्यकलाकार मनोज गजुरेल सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचार गराइरहेका छन् ।
उनकाे फोक्सोमा समस्या देखिएपछि उनलाई आइसीयूमा राखेर उपचार गरिएको छ ।
फेसबुकबाट आफूलाई कोभिड १९ पोजिटिभ देखिएको जानकारी गराएका गजुरेल गत १० कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका थिए । घरमै आइसोलेसनमा बसिरहेका थिए । तर अक्सिजन लेभल कम भएपछि उनलाई बिहिबार सशस्त्र प्रहरी अस्पताल लगिएको थियो । अस्पताल जानुपूर्व उनले फेसबुकमा स्टाटस लेखेका थिए ।
आफूलाई पूर्ण सुधार नभएको र र शरीरले फरक फरक प्रतिक्रिया देखाइरहेको उनले जानकारी दिएका थिए ।
अस्पतालमा स्वास्थ्य परिक्षणपछि उनको फोक्सोमा पानी जमेको चिकित्सकहरुले बताएका छन् । गजुरेलका निकट हास्यव्यंग्य कवि लक्ष्मण गाम्नाङेले अवस्था धेरै गम्भिर नरहेको बताए ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2025: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd