काठमाडौँ । भारतीय गुप्तचर संस्था रअका प्रमुख सामान्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेपछि आलोचना भएको छ ।

राजनीतिक दलहरूलाई पनि गोप्य रुपमा भेटवार्ता गरेको भनिए पनि नेताहरूका सचिवालयले नै प्रेस नोट जारी गरेर प्रष्ट पारिसकेका छन् । असहज परिस्थितिमा गोयल किन नेपाल आए भन्ने चर्चा भइरहेको छ ।

प्रधानमन्त्री ओलीकै चाहना अनुसार आकस्मिक रुपमा गोयल नेपाल आएको बताइएको छ । चौतर्फी रुपमा यसको विरोध भइरहेका बेला ओलीका विश्वासपात्र मानिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश वाहकका रुपमा भारतीय गुप्तचर प्रमुख गोयल नेपाल आएको बताएका छन् ।

उनले भारतीय प्रधानमन्त्रीको सन्देश लिएर आएकै कारण प्रधानमन्त्रीसँग भेट गरेको धारणा सार्वजनिक गरेका हुन् । ‘भारतीय प्रधानमन्त्रीको सन्देश वाहकका रुपमा रअका प्रमुख नेपाल आएर नेपालका प्रधानमन्त्रीलाई भेटे यता नेपाली प्रधानमन्त्रीको विरोध सुरु भो विरोधको योजना हो या नियती /बुझ्न गाह्रो भो।’ नेता पोखरेलले सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै लेखेका छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय