बलिउडकी चर्चित गायिका नेहा कक्कडले शनिबार अर्थात २४ अक्टुवर विवाह बन्धनमा बाँधिएकी छन् । उनले  रोहनप्रीत सिंहसँग विवाह गरेकी हुन् ।

उनको विवाह दिल्लीको उत्तर नगरको एक गुरुद्धारमा भएको थियो । विवाह पछि दुबै एयरोसिटीस्थित होटल जे डब्ल्यु म्यारियट पुगेका थिए । त्यहाँ दुबैपक्षको नजिकका आफन्त, साथीहरुको उपस्थिति रहेको थियो ।

नेहा क्रिम कलरको लेहंगामा सजिएकी थिइन् । उनले यसको अलवा हेवी मेकअप, झुमकाको अलवा हातमा चुरा समेत लगाएकी थिइन् । नेहा दुलहीका रुपमा निकै सुन्दर देखिन्थिन् ।

विवाह अगाडि नेहा र रोहनप्रीतको हल्दी र संगीत कार्यक्रमको भिडियो समेत बाहिर आएको थियो । जुन भिडियोले समेत चर्चा बटुलेको थियो ।

नेहाले इस्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै क्याप्सन लेखेकी छन् ‘तिमी मेरो हौ’ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय