तस्बिर -अन्नपुर्ण पोष्ट
वीरगन्ज । भारतले बिहिबारबाट ७ महिनादेखि बन्द नाका खुल्ला गरेको छ ।
बिहीबार भारतले एकतर्फी नाका खोलेकाले नेपाल प्रवेश गर्ने भारतीयलाई नेपाली सुरक्षाकर्मीले वीरगन्ज नाकामा रोकेपछि तनाव भएको छ ।
भारतले सीमा नाका खुला गरेपनि नेपाल सरकारको मन्त्री परिषदको निर्णय अनुसार कार्तिक ३० गतेसम्म अन्तराष्ट्रिय सीमा नाकाहरु बन्द गरिएको छ । भारतले आफनो तर्फको नाका खोलेपनि , नेपालको नाका कात्तिक ३० सम्म बन्द नै रहेकाले उक्त समयावधिभर सीमा नाकाबाट कसैलाई पनि आवत जावत गर्न नदिईने पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताए ।
भारत तर्फ सीमा नाका खुला भएपनि नेपाल तर्फ अझै नाका बन्द नै रहेकोले यसलाई अझ व्यवस्थित बनाउनका लागि वीरगन्ज नाकामा बिहीबारदेखि थप सुरक्षाकर्मी तैनाथ गरिएको जानकारी उनले दिए ।
पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले सरकारको निर्देशन बिना अहिले सीमा नाकाबाट आवतजावत गर्न नदिइने बताए ।
भारतको रक्सौलतर्फ नाका खुलेपछि बिहीबार बिहान ५०/६० जनाको संख्यामा नेपाल छिर्न लागेका भारतीयलाई फर्काइ दिएको जानकारी दिँदै उनले भने, ‘नेपाल आउन चाहने नेपाली नागरिकको हकमा भने स्वास्थ्य सुरक्षाको मापदण्ड अनुसार क्वारेन्टाइनमा बस्ने गरी आउनलाई कुनै रोक लगाइएको छैन ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2024: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd