
मानव अस्तित्व जोगाउनको लागि महिला र पुरुषबीच मिलन हुनु नितान्त आवश्यक छ तर विभिन्न शास्त्रहरुका अनुसार कुनै-कुनै दिन महिला र पुरुषबीचको शारीरिक मिलन हुनु अशुभ मानिन्छ ।
ब्रह्मवैवर्त पुराणको ब्रह्म खण्ड २७.२९-३८ मा स्त्री-पुरुषको मिलन हुने शुभ र अशुभ समयको बारेमा चर्चा गरिएको छ ।
यी दिनमा विवाहित जोडी वा प्रेमी प्रेमिकाबीच शारीरिक सम्बन्ध हुनु राम्रो मानिँदैन ।
ब्रह्मवैवर्त पुराणको अनुसार यी ७ दिन स्त्री-पुरुष मिलन अशुभ ?
१. औंशीको दिनमा जोडीको मिलन हुनु अशुभ मानिन्छ । औंशीको दिनमा शारिरक सम्बन्ध नभएको राम्रो हुने ब्रह्मवैवर्त पुराणमा उल्लेख छ ।
२. औंशी जस्तै पूर्णिमाको दिन पनि शारीरिक सम्बन्धलाई नराम्रो मानिएको छ ।
३. संक्रान्तिमा पनि जोडीबीच शारीरिक मिलन अशुभ मानिएको छ । यस दिनमा पतिपत्नि वा प्रेमी प्रेमिकाको समागम नहुनु उत्तम हुन्छ।
४. प्रत्येक महिनामा चतुर्दशी र अष्टमी तिथि पनि शारीरिक मिलनका लागि अशुभ मानिएको छ ।
५. पुराणमा आइतबार समेत शारीरिक मिलनका लागि अशुभ रहेको उल्लेख छ ।
६. श्राद्धको समय अर्थात पितृ पक्षमा पनि पुरुष र स्त्रीबीच शारीरिक मिलन परहेज गरिएको छ ।
७. कुनै पनि ब्रत बसेको समयमा पनि स्त्री-पुरुष सहवास तथा तिलको तेल खान र लगाउन निषेध छ । एजेन्सी
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2025: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd