वेलायतको एउटा चिडियाघरले त्यहाँ राखिएका फोहर शब्दहरु बोल्ने पाँच वटा बदमास सुगालाई सार्वजनिक प्रदर्शनबाट हटाइएको जनाएको छ । एउटै कोठामा राखिएकाबेला तिनीहरुले एकले अर्कालाई आफुहरुले जानेका अशिल शब्दहरु सिकाएका थिए ।
लिन्कोनसायर बन्यजन्तु निकुन्जले विभिन्न व्यक्तिले रिक, जेड, एलिस, टाइसन र बिल्ली नामका खरानी रंगका अफ्रकी सुगा सो चिडियाखानालाई उपहार स्वरुप दिएको जनाएको छ । प्रर्दशनमा राखिनु अघि सबैलाई एकै स्थानमा क्वारेनटाइनमा राखिएको थियो । तिनीहरुलाई प्रदर्शनका लागि राखिएको केहि समय पछि नै चिडियाघरका कर्मचारीहरुले तिनीहरु करतुत थाहा पाएका थिए ।
चिडियाघरका प्रमुख कार्यकारिणी अधिकारी स्टिभ निकोलसले आफुहरु तिनीहरको कारण विशेष गरी आगन्तुक बालबालिकालाई लिएर चिन्तित रहेको बताएका छन् । बानी सुधारेको खण्डमा पुन प्रदर्शनमा राख्न तिनीहरुलाई एक्ला एक्लै राखिएको बताइएको छ । एजेन्सी
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2024: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd