काठमाडौँ । प्रतिपक्षी नेपाली कांग्रेसले दसैंमा सरकारले वितरण गरेको भत्ता फिर्ता गर्ने निर्णय गरेको छ ।
कांग्रेसले संघीय सांसदहरुलाई सरकारबाट वितरण भएको दसैं भत्ता सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा जम्मा गर्ने निर्णय गरेको हो ।
हालको विषम् परिस्थितिमा आमनेपाली जनताले रोग, भोक, अभाव, पीडा र कठिनाइ भोगिरहेको अवस्थामा जनप्रतिनिधिलाई दसैं भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक नभएकाले भत्ताबापतको रकम फिर्ता गर्ने निर्णय गरिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2024: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd