कैलाली । कैलालीमा गस्तीमा निस्किएका प्रहरी सहायक निरीक्षक ( असई ) गोविन्द विकको हत्या र हवल्दार रामबहादुर साउद प्रकरणमा प्रहरीले शंकास्पद ११ जनालाई पक्राउ गरेको छ ।

घटनामा संलग्न आशंका गरिएका ११ जनालाई पक्राउ गरिएको भए पनि उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ परेका व्यक्तिहरु त्यस क्षेत्रबाट सामान तस्करी गर्ने र विकसँग असन्तुष्टहरु रहेको अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।

मोहना नदीमा फेला परेका मृतक विकको शव निकालिएको छ । उनको घाँटी रेटिएको अवस्थामा शव फेला परेको जानकारी दिंदै सुदूपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले भने, ‘पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै विस्तृत रुपमा बताउन सकिने अवस्था छ ।’ असई विकले अस्थायी प्रहरी बिट, जुगेडाको नेतृत्व गरिरहेका थिए ।

विकसँगै शनिबार साँझ बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका प्रहरी रामबहादुर साउद अझै भेटिएका छैनन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय