अन्तर्राष्ट्रिय पन्चांग निर्णय समितिले अमेरिकामा दशैको टिकाको साइत नेपालमा भन्दा एकदिन अगाडि रहेको जनाएको छ ।
नेपालमा दशैंको टिका अक्टोबर २६ अर्थात् कार्तिक १० गते रहेको छ । अन्तर्राष्ट्रिय पन्चांग निर्णय समितिले विदेशका विभिन्न ठाउँहरुको लागि स्थानीय समयअनुसारको दशैँको टीकाको साईत निकाली प्रकाशन गरेको हो ।
जसमध्ये अक्टोबर २५ तारिख आईतबार अमेरिकाको पूर्वी भूभाग अर्थात न्यूयोर्क, वासिंटन डिसी, मेरिल्याण्ड तथा भर्जिनिया र फ्लोरिडा लगायतका राज्यहरुमा विहान ११ बजेर ५ मिनेटको साईत निस्किएको छ ।
अन्तर्राष्ट्रिय पञ्चाङग निर्णय समितिले विभिन्न देशका लागि तय गरेको दशैंको टिकाको साइत यस्तो छ । मध्य अमेरिका टेक्सास लगायत क्यालिफोर्नियाको पनि अक्टोबर २५ तारिखकै छुट्टाछुट्टै समयको साईत निस्किएको छ । क्यानडाको लागि विहान ११ बजेर ४३ मिनेटको साईत निर्धारण गरिएको छ ।
नेपालमा टिका नलगाउँदै अमेरिकामा टिकाको साइत रहेको बताइएपछि अमेरिकामा बस्ने केही नेपालीहरुले नेपालमा टिका नलगाउँदै आफूहरुले अमेरिकामा टिका नलगाउने बताएका थिए ।
गत वर्षदेखि अन्तर्राष्ट्रिय पञ्चाङग निर्णय समितिले विभिन्न देशका लागि बेग्लाबेग्लै साइत जारी गर्न थालेपछि विवाद उठेको हो । दशैंको टीकाको साइत नेपालमा २६ अक्टोबर बिहान १० बजेर १९ मिनेटमा छ । विदेशमा रहेका नेपालीहरुले सामान्यतया नेपालकै साइतमा दशैंको टीका लगाउने गरेका थिए ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2024: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd