दाङ। इमोमार्फत चिठ्ठा प¥यो भनेर ठगी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको दुर्गा भगवती गाउँपालिका–६ का १८ वर्षीय सुमन झा, देवहानी गोनाही–६ का ५० वर्षीय सोनालाल ठाकुर र पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगवाका १८ वर्षीय राजनारायण चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए।
उनीहरुले दाङको लमही नगरपालिका–५ की दुईजना महिलालाई इमोमार्फत चिठ्ठा पर्यो भनेर ठगी गरेका थिए । असोज २२ मा पीडित महिलाहरुले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि खोजतलाका क्रममा उनीहरुलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टोलीले रौतहट प्रहरीको सहयोगमा दुईजना र पर्सा प्रहरीको सहयोगमा एकजनालाई पक्राउ गरेको हो । उनीहरुले ठूलो धनराशिको प्रलोभन देखाइ आइएमई तथा विभिन्न व्यक्तिको बैंक खातामार्फत ६३ हजार रुपैयाँ पठाउन लगाएका थिए ।
उक्त रकम पठाइसकेपछि पनि पुनः फोन, म्यासेज, भ्वाइसकलका माध्यमबाट थप रकम पठाउन बारम्बार आग्रह गरेपछि महिलाहरुले प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2024: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd