काठमाडौँ । प्रहरीको रासन सुविधा समय अनुकुल सुधार गर्न मन्त्रालय तयार रहेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् ।

नेपाल प्रहरीको ६५औं दिवसको अवसरमा बोल्दै गृहमन्त्री थापाले प्रहरीको रासन सुविधा र कल्याणको कार्यक्रम समय अनुकुल सुधार गर्न मन्त्रालय तयार रहेको बताए ।

‘रासन सुविधा र कल्याणको कार्यक्रम समय अनुकुल सुधार गर्न मन्त्रालय तयार छ,’ उनले भने, ‘प्रहरीको हजारौं राम्रो कामको वेवास्ता र औंलामा गन्न सकिने केही कमजोरीको प्रचार गर्ने प्रवृत्ति छ ।

संघीय प्रणालीमा रुपान्तरण हुनका लागि तयार रहन प्रहरी अधिकारीलाई निर्देशन दिँदै उनले लकडाउन र कोरोना संक्रमणका कारण नयाँ सुरक्षा चुनौती थपिएको बताए ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय