डोटी। कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उच्च अदातल दिपायलले एक साताका लागि सम्पूर्ण सेवा बन्द गरेको छ ।

अदालतमा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मंगलबारदेखि लागू हुनेगरी आन्तरिक प्रशासनिकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको अदालतका निमित्त रजिष्ट्रार सीता रेग्मीले बताइन् ।

‘अदालतका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ, अरुलाई पनि नहोस् भनेर अदालतका आन्तरिक प्रशासनिक काम बाहेकका अन्य काम कारबाही एक साताका लागि बन्द गरेका छौँ,’ उनले भनिन् ।

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार अदालतमा कार्यरत सबै कर्मचारीको स्वाब सङ्कलन गरेर परीक्षणका लागि जिल्ला अस्पताल डोटीको प्रयोगशालामा पठाइएको रजिष्ट्रार रेग्मीले जानकारी दिइन् । रासस

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय