अमेरिकाको टेक्सासकी १७ बर्षीया युवती म्याकी क्युरिनले आफ्ना सबैभन्दा लामो खुट्टाहरूका कारण गिनीज वर्ल्ड रेकर्ड बनाएकी छन् ।

६ फिट १० इन्चकी म्याकीले लामो खुट्टाका कारण रेकर्ड आफ्नो नाममा राख्न सफल भएकी हुन ।

म्याकीले रसियाका इकेतेरिना लिसिनाको ५२.२ इन्चको रेकर्ड तोडेर नयाँ कीर्तिमान बनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

म्याकीको दाहिने खुट्टा १३४.३ सेन्टीमिटर लामो र बाँया खुट्टा १३५.३ सेन्टीमिटर लामो छ । असाधारण शारीरिक विशेषताका मानिसहरु जो छन् यसमा कुनै लाज मान्न नहुने उनले बताएको गिनीज वर्ल्ड रेकर्ड वेबसाइटले उल्लेख गरेको छ ।

यस रेकर्डले सबै अग्ला महिलालाई प्रेरणा दिने उनले आशा लिएकी छन् । आफ्नो छोरीको रेकर्ड बारे म्याकीकी आमाले भन्छिन्, ‘मैले उनलाई अरु बच्चा भन्दा अग्लो महसुस गरेको थिए। जब उनी १८ महिनाकी थिइन् त्यसबेला २ फिट ११ इन्चकी थिइन ।’

म्याकीलाई खुट्टाका कारण धेरै समस्या पनि हुन्छ तर उनले यसका धेरै फाइदा पनि उठाउँछिन् । घरका सबै सदस्यको भन्दा उनको उचाई अग्लो रहेका छ। एजेन्सी

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय