दैलेख । दैलेखका एक विद्यालयमा शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि पढाइ बन्द भएको छ । केहि साता अगाडि देखि दैलेखका विद्यालय सञ्चालनमा आएका थिए । लामो समय विद्यालय बन्द हुदा विद्यार्थीको पठनपाठनमा समस्या भएको भन्दै विद्यालय सञ्चालन गरिएको थियो ।

कोरोनाभाइरसका कारण विद्यालय सञ्चालनमा कठिनाइ आएपछि पाठ्यक्रम घटाएर पनि शैक्षिक क्षेत्र खेर जान नदिन जिल्लाका केहि स्थानीय तहले टोलमै गएर साथै विद्यालयमा विद्यार्थी वोलाएर पढाइ गरेका थिए । तर शिक्षकमा नै कोरोना संक्रमण देखिए शिक्षा विकास तथा समन्वय एकाइले सबै स्थानिय तहलाइ परिपत्र गर्दै विद्यालयमा आगामि संसिर १ गते सम्म विद्यार्थी नबोलाउन पत्रचार गरेको छ ।

शिक्षकहरुलाई सम्कन्धित विद्यालयमा हाजिर गराएर टोलमै पुगेर पढाइरहेको अवस्थामा शिक्षकहरुमा समेत कोरोना संक्रमण भएपछि प्रत्यक्ष पठनपाठनलाई रोक्नको लागि शिक्षा विकास तथा समन्वय एकाइले पत्रचार गरको हो ।

गुराँस गाउँपालिका र डुङगेश्वर गाउँपालिकाका पाँच जना शिक्षकमा कोरोना पुष्टि भएको हो । शिक्षकमा कोरोना देखिए पछि अन्य शिक्षकको पनि स्वाब परिक्षण गर्न स्थानिय तहलाइ जिल्ला स्वास्थ्य सेवा कार्यलयले खबर गरेको छ ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय