काठमाडौँ । कोरोना भाईरस संक्रमणबाट नेपालमा पहिलो पटक एक डाक्टरको मृत्यु भएको छ ।

कर्णाली प्रादेशिक अस्पताल सुर्खेत कालागाउँमा कार्यरत डा.हरि सापकोटाको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा आज मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए ।

बाँकेको खजुर गाउँपालिका वडा नं. ३ घर भएका ५९ वर्षीय सापकोटाको कोरोना संक्रमितको उपचारमा खटिएका समयमा गरिएको पिसिआर परीक्षण पोजेटिभ आएको थियो ।

भदौ २९ गते संक्रमण पुष्टि भएसँगै स्वास लिन समस्या भएको र असोज १ गते उनलाई भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि ल्याएको थियो । सापकोटा मधुमेह र उच्च रक्तचापको समस्याबाट पीडित थिए ।

उनको दिउँसो ३ बजेर १० मिनेट जाँदा निधन भएको भेरी अस्पतालले जनाएको छ । सापकोटा कर्णाली प्रादेशिक अस्पताल सुर्खेत कालागाउँमा चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जनकोरुपमा कार्यरत थिए । उनी कोरोनाबाट ज्यान गुमाउने नेपालको पहिलो डाक्टर हुन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय