रोल्पा । सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरको कार्यालयले आफ्नो वडा भित्र संचालित ४ सामुदायिक र १ संस्थागत बिद्यालयका बिद्यार्थी र शिक्षकहरुलाई मास्क र स्यानिटाइजर वितरण गरेको छ ।
सुनिलस्मृति गाउँपालीकामा अभिभाबक र शिक्षकहरुको बिद्यालय खोल्ने सहमती अनुसार गाउँपालिकाको चौथो कार्यपालिकाको बैठकबाट आइतबार देखि गाउँपालिका भित्रका सम्पूर्ण बिद्यालयहरु खोल्ने निर्णय गरेको हो । विद्यालय खुलेपछि आफ्नो वडाका विद्यार्थि र शिक्षकको स्वास्थ्यको मध्यनजर गर्दै वडा कार्यालयले मास्क र स्यानिटाइजर वितरण गरेको हो ।
जस अन्तरगत सुर्योदय माद्यामिक विद्यालय सुलिचौरमा ९५० पिस मास्क, जनता आ.बि. कोइरालखकर्मा २५० पिस, सरस्वति प्रा.बि. बाग्मामा २०० पिस, बराहक्षेत्र प्रा.बि. धनचौरमा ५० पिस र जलजला मा. बि. सुलिचौरमा २५० पिस मास्क लगाएत सम्पुर्ण विद्यालयलाई स्यानिटाइजर समेत वितरण गरिएको छ । सुरुमा वडाबाट मास्क र स्यानिटाइजर वितरण गरिएको छ भने त्यस पश्चात सम्पूर्ण बिद्यार्थी र शिक्षकहरुले अनिबार्य रुपमा मास्क प्रयोग गर्नु पर्ने छ ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2024: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd