रूपन्देहि । पाल्पाको रम्भा गाउँपालिकामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन् ।
फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पहिरोले पुरिएको छ । हुमबहादुर गाहाको परिवारका ५ जना बेपत्ता भएको स्थानियले बताएका छन् । बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो ।
यतिबेला स्थानीयले घटना स्थलमा उद्धार प्रयास गरिरहेका छन् । यस्तै सोही वडाको सुरुङडाँडामा पहिरोले घर पुरिँदा एक महिला बेपत्ता भएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी गराए ।
घटनास्थलमा अझै प्रहरी पुग्न सकेको छैन् । सदरमुकामभन्दा टाढा र विकट भएकाले सुरक्षाकर्मी पुग्न अझै समय लाग्ने जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी सन्तोष कुमार भट्टराईले जनाकारी दिए ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2025: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd