काठमाडौँ । ‘हिम चितुवा’ उपनामले परिचित कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि भएको छ ।
सरकारका तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भटट्राईले शेर्पा गुम्वा बौद्धमा रखिएको शेर्पाको पाथृक शरीरमा राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा पर्यटन विभागका महानिर्देशक लगायतका राज्यका उच्च निकायका कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । उनको सोमबार विहान १० बजे छोरीको घरमा ७२ वर्षको उमेरमा निधन भएको थियो ।
पाथृक शरीरलाई गुम्वामा बौद्ध परम्परा अनुसार पुजापाठ सम्पन्न गरी आज दाहसस्कार गरिदै छ । अन्त्येष्टिका क्रममा भएका सम्पूर्ण खर्च पनि सरकारले व्यहोर्ने जानकारी दिइएको छ ।
सबैभन्दा पहिले १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका शेर्पाको ७२ वर्षको उमेरमा सामेबार बिहान १० बजे निधन भएको थियो । शेर्पा लिबर र ब्रेन सम्बन्धी समस्याबाट ग्रसित थिए ।
शेर्पाले १० पटक विना अक्सिजन सगरमाथा आरोहण गरेर कीर्तिमान राखेका थिए ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2024: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd