काठमाडौँ । सर्वत्र विरोधपछि अनसनरत डाक्टर गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टरबाट त्रिवि शिक्षण अस्पताल महाराजगन्ज सारिएको छ ।

आफ्नो अवस्था सामान्य रहेको भन्दै घर जाने इच्छा व्यक्त गरेपछि राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले उनलाई साँझ साढे ६ बजे डिस्चार्ज गरेका थिए । डाक्टर केसी ट्रमाबाट बाहिरिए लगत्तै आफ्ना सहयोगीहरुका साथमा ट्याक्सी चढेर त्रिवि शिक्षण अस्पतालमा पुगेका हुन् ।

यसअघि त्रिभुवन विमानस्थलबाट डाक्टर केसीलाई सोझै टिचिङ अस्पतालमा ल्याउने भनिए पनि बीचमा प्रहरी परिचालन गरी उनलाई ट्रमा सेन्टरमा लगिएको थियो । डाक्टर केसीले टिचिङमा लैजानु पर्ने अडान राखेपछि उनलाई प्रहरीले एम्बुलेन्सबाट जबरजस्ती निकालेका थिए । प्रहरीको उक्त कदमको तीव्र निन्दा भएको थियो ।

उनी अहिले शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन् । अब त्यहीँबाट अनशनलाई निरन्तरता दिने जनाएका छन् ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय