काठमाडौँ । समुदायस्तरमा कोरोना भाइरसको संक्रमण जोखिम बढे लगतै न्यूनीकरण गर्न सिरहामा निःशुल्क मास्क बैंक स्थापना गरिएको छ।

कोभिड–१९ को जोखिमबाट जोगिन मास्क अनिवार्य लगाउनुपर्ने भए पनि अधिकांशले मास्क प्रयोग नगरेकोले अनिवार्य मास्क प्रयोग गराउन सिरहा नगरपालिकाको सीमावर्ती क्षेत्र माड़रमा उक्त निःशुल्क मास्क बैंक स्थापना गरिएको हो ।

‘कोही नछुटौँ, कोही नचुकौंः नहुनेले लिनुस्, हुनेले दिनुस्’ भन्ने मुल नारासहित मास्क बैंक स्थापना गरिएको युवा अभियन्ता शशि कुमार मण्डलले जानकारी दिनु भयो ।

फेसबुकमा प्रतिक्रिया दिनुहोस

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय