हामी नेपाली जनताका लागि कुलमान घिसिङ्ग एक भगवान नै हुन। उनले अधेरी रातमा हराई रहेका नेपाली जनतालाई उज्यालोमा रमाउन सिकाएका छन । लोडसेडिङ को चपेटामा परेर मर्कामा परेका नेपाली जनता आज लोड्सेडिङ मुक्ता भएका छन ।
कुलमान घिसिङ्गले ४ बर्षको कार्य अबधिमा नेपालको सम्पुर्ण क्षेत्रलाइ लोडसेडिङ मुक्ता बनाएका छन । नेपालको कति बिकट ठाँउहरुमा उनले बिजुली पुराएका छन । आज कुलमान कै कारण पुरै नेपालमा उज्यालो छाएको छ र पुरै नेपालिको मुहारमा खुसी पनि छाएको छ । उनले छोटो समयमा नै नेपालमा बिधुत क्षेत्रमा ठूलो फड्को चालेका थिए ।
घाटामा पुगेका प्राबिधिकरणका कर्मचारीहरु अहिले उनका कारण राम्रो मुनाफा गर्ने संस्थाका रुपमा चिनिन थालेका छन । नेपालम थुप्रै सरकारी कर्मचारीहरु छन तर राम्रा कर्मचारीको रुपमा कुलमान घिसिङ्गको नाम नै अगाडी आउँछ होला।अहिले सम्मा उनले कति कमाए भनेर लेखजोख गर्ने हो, भन्ने त्यसको हिसाब किताब गर्न सकिएला, तर नेपाली जनताले उनलाइ गरेका सम्मान र मायाको कुनै हिसाब किताब निकाल्न सकिँदैन यहि नै कुलमानको वास्तविक खुसी र कमाइ हो ।
उनले नेपालमा ठुलो योगदान पुराएका छन । कुलमान नेपाली जनताको सुपर हिरो नै हुन । कुलमान कार्यअवधी हुदा अध्यारी रातको कुनै महसुश हुदैनथ्यो तर जब कुलमान घिशिङ्गको कार्य अवधी सकिएको खबर बाहिर आयो फेरि ति अधेरी रातलाइ सम्झन बाध्य गरायो । मनमा एउटै प्रश्नले मात्र डेरा गर्न थाल्यो के अब फेरि पनि जनताले त्यही पहिलाको सास्ती खेप्नु पर्ने त हैन ?
उज्यालो सङ्ग भन्दा नि अधेरो सङ्ग बढी घुलमिल हुन पर्ने त हैन ? कुलमान जस्ता कर्मचारी नआउने हैन्न आउन सक्छन, तर देशको मुहार फेर्नको लागि अझै केही समयका लागि फेरि पनि कुलमान नियुक्ति हुन जरुरी छ ।
त्यसैले नेपाल सरकारले कुलमान घिसिङगबाट आफ्नो कर्तव्य कसरी निभानु पर्छ र इमान्दारिताको पाठ सिक्नु पर्नेछ । नेपाल सरकारले आफुले छानेको व्यक्तिलाइ नियुक्ति नगरी सहि मुल्यांकन गरि एक असल, कर्तव्यनिष्ठाता इमान्दार र जनताको मन मुटुमा बस्न सफल अनि जनताले रोजेका कुलमान घिसिङ्गलाइ पुन:नियुक्ती वा अख्तियरको प्रमुख आयुक्तको जिम्मेवारी दिएमा जनमतको कदर हुनेछ ………
फेसबुकमा प्रतिक्रिया दिनुहोस
ताजा समाचार
लोकप्रिय
© 2024: Fewa Nepal मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd